आरजे इर्शाद शेख
महोत्तरी, १६ आषाढ
महोत्तरी जिल्लाको एकडारा गाउँपालिकाले जन्मदेखि दुई वर्षसम्मका सबै बालबालिकालाई नियमित खोपका सम्पूर्ण मात्रा पूरा गराएपछि ‘पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका’को रुपमा घोषणा गरिएको छ।

कार्यक्रमको सञ्चालन एकडारा गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख महेन्द्र कुमार मण्डलले गर्नुभएको थियो। कार्यक्रममा खोप सुनिश्चितताका लागि स्थानीय सरकार, स्वास्थ्यकर्मी, स्वयंसेविका तथा अभिभावकहरूको सहकार्य र भूमिकाको खुलेर प्रशंसा गरियो।
स्वास्थ्य कार्यालयका प्रमुख साहले एकडाराको यो सफलतालाई प्रदेशभित्रकै उदाहरणीय अभ्यासको रूपमा लिँदै अन्य पालिकाहरूले पनि यसबाट प्रेरणा लिनुपर्नेमा जोड दिनुभयो।
गाउँपालिका अध्यक्ष मन्डलले बालबालिकाको स्वास्थ्यघोषणा कार्यक्रममा लाई प्राथमिकतामा राख्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गरिने बताउनुभयो।

घोषणा कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष दीप नारायण मन्डलले गर्नुभयो भने प्रमुख अतिथि स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नवल किशोर साह रहनुभएको थियो। कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरू, स्वास्थ्य कार्यालय महोत्तरीका खोप अधिकृत दिपेन्द्र राय र भोला पण्डित, स्थानीय स्वास्थ्यकर्मी, कर्मचारी, सञ्चारकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो।
