अन्तर प्रदेश राष्ट्रिय कुस्तीमा मधेश प्रथम - Jaleshwortoday

Blackjack odds in crypto casino

  1. Free 20 Spins: These videos get hundreds of thousands of views, with revenue coming in from ads, subscriptions and sponsorships.
  2. 10 Bonus Casino - Depending on the online casino you've chosen, you may need to download their in-house app before being able to enjoy the site in full.
  3. Slot Walk Of Shame By Nolimit City Demo Free Play: All they need is a registered account and a fast Internet connection.

Raw joint poker

App For Online Slots Development
Stars has two forms of customer support available to players, Live Chat and Email.
Double Ball Roulette Jackpot
Players should keep an eye on reels 2, 3 and 4 at all times as they play Moon Festival, because these are the only positions where the moon symbol can appear.
Despite a Woods-fueled surge in television ratings that resulted in some of the biggest numbers in decades, the shifting entertainment landscape has diminished viewer totals from even the most popular sporting events.

Theif of gambling winnings

Video Slot Machines In Australia
You must supply an email address and choose a reason for contacting them from the menu.
Uptown Pokies Casino No Deposit Bonus 100 Free Spins
Is it really that big of a deal for you to try it out.
Free Spins Slots Online Australia

अन्तर प्रदेश राष्ट्रिय कुस्तीमा मधेश प्रथम

 १७ असार २०८२, मंगलवार २३:०३  
1

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १७ आषाढ

अन्तर प्रदेश राष्ट्रिय कुस्ती प्रतियोगिता–२०८२ मा मधेश प्रदेश प्रथम भएको छ ।

मधेश प्रदेशले सर्वाधिक ८ स्वर्ण र दुई रजत पदकसहित प्रथम भएको हो । मधेश प्रदेश टोलीलाई मधेश खेलकूद परिषद्का सदस्य लभ अधिकारी, भलिवलका राष्ट्रिय प्रशिक्षक भरत यादव, नेपाल कुस्ती संघ मधेश प्रदेशका अध्यक्ष रमेश साहले संयुक्त रुपमा ट्रफी प्रदान गरेका हुन् ।

खेलकूद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा गएको असार १५ गतेदेखि सुरु भएको तीन दिने अन्तर प्रदेश राष्ट्रिय कुस्ती प्रतियोगितामा सुदुर पश्चिमले एक स्वर्ण, दुई रजक र दुई कास्य पदक जितेर द्वितिय भएको छ । तृत्तिय भएको बाग्मती प्रदेशले एक स्वर्ण, एक रजत र दुई कास्य पदक जितेको छ । विजेता खेलाडीहरुलाई निजी रुपमा पदक र प्रमाणपत्र प्रदान गरिएको थियो भने प्रदेशस्तरमा ट्रफी प्रदान गरिएको छ ।

प्रतियोगिताको तेश्रो तथा अन्तिम दिन मंगलबार बिहान भएको फाइनल राउण्डमा मधेश प्रदेशका खेलाडीहरु हावी भएका थिए । १० वटा स्वर्ण पदकको लागि भएको प्रतिस्पर्धामा ८ मा जित हासिल गरेका छन् ।

प्रतियोगितामा विभिन्न १० तौल समूहमा १० वटा स्वर्ण पदकको लागि प्रतिस्पर्धा भएको थियो । १० मध्ये आठ स्वर्ण जितेर मधेशका खेलाडीहरुले कुस्ती खेलका लागि मधेश उर्वरभूमि रहेको तथ्यलाई एकपटक फेरी सार्थक साबित गरेका छन् । १० वटै तौल समूहको फाइनलमा प्रतिस्पर्धा गरेका मधेशका खेलाडीहरु भने दुई वटामा रजत पदकमा चित्त बुझाउनुपरेको छ ।

समापन समारोहलाई सम्बोधन गर्दै वक्ताहरुले मधेशमा खेलको भविष्य उज्जवल रहेकाले यसमा लगानी गर्नका लागि मधेश प्रदेश सरकारलाई आग्रह गरे । जति धेरै प्रतियोगिता हुन्छ, त्यति नै खेलाडीको प्रदर्शन राम्रो हुन्छ । त्यसैले नियमित रुपमा प्रतियोगिताहरुको आयोजना, खेलाडीहरुका लागि खेल सामग्रीको व्यवस्थापन, खेल मैदानको व्यवस्थापन सरकारले गरिदिनुपर्ने धारणा उनीहरुको थियो ।

मधेश खेलकूद परिषदका नवनियुक्त सदस्य लभ अधिकारीले खेलको विकासका लागि नै मधेशमा परिषद् गठन गरिएको बताउँदै अव खेलको गतिविधि बढ्दै जाने विश्वास व्यक्त गरे । खेल गतिविधिलाई बढाउनका लागि परिषद्ले आवश्यक तयारीहरु गरिरहेको उनले जानकारी दिए ।

सो अवसरमा भलिवलका राष्ट्रिय प्रशिक्षक भरत यादवले खेलकूदले नै खेलाडीको प्रदर्शनमा सुधार आउने भएकाले खेल गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

नेपाल कुस्ती संघ मधेश प्रदेशका अध्यक्ष रमेश साहको अध्यक्षतामा भएको समापन समारोहमा स्वागत मन्तव्य कराँतेका प्रशिक्षक रामबाबु साहले गरेका थिए भने आयोजकका तर्फबाट अजित कुमार मिश्रले म्याच अफिसियल, टीम म्यानेजर, प्रशिक्षकहरुलाई टोकन अफ लभले सम्मानित गरेका थिए ।