आरजे इर्शाद शेख
महोत्तरी, २५ आषाढ
पुर्वाधार विकास कार्यालय महोत्तरीमा भएको घटनाबारे जिल्ला प्रशासन कार्यालय महोत्तरीले छानबिन प्रक्रिया सुरु गरेको छ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालका अनुसार घटनाको विस्तृत अध्ययन गर्नका लागि छानबिन समिति गठन भइसकेको छ र समितिले औपचारिक रुपमा आफ्नो कार्य सुरु गरिसकेको छ।
“छानबिन समितिले केही दिनभित्र प्रतिवेदन पेश गर्ने र प्राप्त प्रतिवेदनको आधारमा दोषी ठहरिने व्यक्तिहरूलाई कानुन बमोजिम आवश्यक कारबाही गरिने प्रमुख जिल्ला अधिकारी रिसालले बताए।
पुर्बाधार बिकास कार्यालय महोत्तरीमा अबैध कार्य भइरहेको सूचनाका अधारमा राती १ बजे रिपोर्टिङ गर्न पुगेका पत्रकारलाई घेरा हालेर हुलहुज्जत र दुव्र्यवहार गरिएको थियो । यो घटनाले सार्वजनिक निकायहरू प्रतिको जवाफदेहिताबारे प्रश्न उठाएको छ। छानबिन समितिको प्रतिवेदनपछि मात्रै घटनाको प्रकृति र संलग्न व्यक्तिहरूको भूमिकाबारे स्पष्ट हुने जनाइएको छ।
प्रमुख जिल्ला अधिकारी रिसालले निष्पक्ष र पारदर्शी अनुसन्धानको प्रतिबद्धता जनाउँदै दोषिलाई कानुन अनुसारको कार्बाही हुने बताए ।
