घरजग्गा कारोबार बढाउने गरी आयो मौद्रिक नीति - Jaleshwortoday

Play cryptocurrency casino games machines

  1. 1xbet Casino No Deposit Bonus 100 Free Spins: Along with roulette, any titles not included in the categories above are considered online casino specialty games at pokies Ninja.
  2. Uk Visa Slots Availability In Hyderabad 2025 - With Dublin Blackjack, Live Blackjack, Blackjack Party, and others, players will always find great 7 seat tables that offer endless action.
  3. Bingo Only Uk: Take advantage of this opportunity, and you will spin the reels for free.

Top online cryptocurrency casino by category

Bingo Games Real Money New Zealand
Some online lottery scams target personal accounts.
Best Online Casino Promotion
Wager the Bonus 35 times within 7 days, in order to be permitted to carry out a withdrawal.
You can play Gem Drop without restrictions in demo mode on our website.

Poker at the cryptocurrency casino

Best No Deposit Slots Canada
The license is revoked if the operator does not meet the requirements or does not fulfill the mandatory conditions.
Slot Arriba Heat Megaways By Matrix Studios Demo Free Play
Therefore, the more theyre for a particular event, the easier it is to make a selection.
Real Online Casinos No Deposit Bonus

घरजग्गा कारोबार बढाउने गरी आयो मौद्रिक नीति

 २८ असार २०८२, शनिबार २३:०५  
2

कोभिड–१९ पछि नै नेपालमा घरजग्गा कारोबारमा मन्दी आएको छ । घरजग्गा बेच्न चाहनेले बेच्न सकिरहेका छैनन् । बैंकमा धितो रहेर कर्जा असुलीका लागि लिलाम बिक्रीमा राखेका घरजग्गामा पनि आवेदन पर्न छाडेको छ ।

घरजग्गा क्षेत्रमा आएको मन्दीका कारण धेरै व्यवसायी, बैंक, वित्तीय संस्था तथा सहकारीलाई अप्ठेरो परिस्थिति बनेको छ । यही कारण अहिले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा समेत बढेको छ ।

यस्तो मन्दीबीच नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत केही सहजीकरण गर्न खोजेको छ ।

शुक्रबार सार्वजनिक मौद्रिक नीतिले घरजग्गामा केही लचिलो व्यवस्था गरिदिएको छ । बैंक तथा वित्तीय संस्थाबाट व्यक्तिलाई घर किन्न दिइने आवासीय कर्जा सीमा २ करोडबाट ३ करोड पुर्‍याइएको छ ।

यसले राम्रा र आधुनिक घर किन्न चाहनेले बैंकबाट बढी कर्जा लिन पाउँछन् । त्यस्तै पहिलो घर खरिद गर्दा मूल्यांकन गरिएको रकमको ८० प्रतिशतसम्म कर्जा दिइने भएको छ । यसअघि यस्तो कर्जाको सीमा ७० प्रतिशत मात्रै थियो ।

त्यस्तै अन्य घरजग्गा खरिदका लागि दिइने ऋण सीमा पनि बढाइएको छ । घरजग्गा खरिदमा कुल मूल्यको ७० प्रतिशतसम्म बैंक तथा वित्तीय संस्थाले ऋण दिन पाउने व्यवस्था मौद्रिक नीतिमा गरिएको छ । यसअघि घरजग्गा खरिदमा कुल मूल्यको ५० प्रतिशत मात्रै ऋण दिन पाउने व्यवस्था थियो ।

बैंकबाट लिन पाउने कर्जा सीमा बढाएर चलायमान गराउन खोज्ने नीति राष्ट्र बैंकले लिएको छ । ब्याजदर पनि न्यून रहेकाले राष्ट्र बैंकले ऋण सीमा बढाएको छ । तर, ऋण सीमा बढाउँदैमा कर्जा प्रवाह नबढ्ने विज्ञ बताउँछन् ।

नेपाल जग्गा तथा आवास विकास महासंघ अध्यक्ष ध्रुव घिमिरे सबैभन्दा पहिला घरजग्गालाई सरकारले हेर्ने नजर नै सकारात्मक हुनुपर्ने बताए । कर्जा सीमा बढाउँदैमा घरजग्गा चलायमान नहुने उनको भनाइ छ ।

‘घरजग्गा खरिदका लागि ऋण सीमा बढाइनु सकारात्मक पक्ष हो’ घिमिरेले भने, ‘तर यतिले पुग्दैन, अन्य धेरै कुरा सुधार गर्नुपर्ने छ ।’

घरजग्गा खरिदका लागि आम्दानी जोडेर नीतिगत व्यवस्था गरिनुले नै कारोबारलाई अवरोध गरिरहेको घिमिरेको भनाइ छ ।

‘व्यक्तिको करयोग्य मासिक तलबबाट ७० प्रतिशत रकम मात्रै किस्तामा बुझाउन पाउने गरी होम लोनको जुन व्यवस्था छ, यसले पनि अप्ठेरो पारेको छ,’ उनले भने ।

यो नीतिलाई केही सहज गर्नुपर्ने उनको भनाइ छ । कृषि कार्य गरेर आउने आम्दानी करयोग्य नदेखिने, ज्याला मजदुरीबाट आउने आम्दानीमा पनि करयोग्य नमानिने भएकाले यसलाई सहजीकरण गर्नुपर्ने व्यवसायीको माग छ ।