दशैको लागि नवदुल्ही झैं सृंगारियो जनकपुरधामको शक्तिपीठहरु – Jaleshwortoday

दशैको लागि नवदुल्ही झैं सृंगारियो जनकपुरधामको शक्तिपीठहरु

 October 8, 2021  
Janakpur

जलेश्वरटुडे समाचारदाता
धनुषा, २१ असोज
जनकपुरको मुख्य शक्तिपीठ राजदेवी मन्दिर, बौद्धिमाइ मन्दिर, दुर्गा मन्दिर लगायतको शक्तिपीठ सरसज्जा गरि आकर्षक बनाइएको छ । यस्तै प्रत्येक वर्ष दशमीकै अवसरमा जनकपुरधामको भ्रमरपुराचौक, विद्यापति चौक, राम चौक, रामानन्द चौक र ब्रह्मर्षि चौक लगायतका स्थानमा नवदुर्गाको प्रतिमा बनाएर विशेष प्रकारले पूजाआजा र मेला लगाउने गरिन्छ ।
भव्य टेन्ट पण्डालले मन्दिरकै आकार दिइ नवरात्रिभरि विशेष पूजा गर्ने चलन छ । यी शक्तिपीठहरुमा दिउँसो भन्दा पनि राति झिलिमीलिको कारण निकै मनमोहक एवं आकर्षक देखिन्छन् । साँझको समयमा यी शक्तिपीठहरुमा श्रद्धालुभक्तजनको भीड लाग्ने गर्दछ । बाहिरबाट पनि जनकपुरको दसैँ अबलोकनका लागि पर्यटका आउने गरेका छन् ।