जनकपुर नगर क्षेत्रमा खुलेआम मदिरा तथा मांसको बिक्री – Jaleshwortoday

जनकपुर नगर क्षेत्रमा खुलेआम मदिरा तथा मांसको बिक्री

 December 4, 2021  
Kuwa

जलेश्वरटुडे समाचारदाता
धनुषा, १८ मंसिर

जनकपुरधाम नगर क्षेत्रभित्र खुलेआम मदिरा तथा माँसको बिक्रि भएको पाइएको छ । मंसिर १७ गते देखि २६ गते सम्म लागु हुने गरी जनकपुरधाम उपमहानगरले विवाहपञ्चमीको उपलक्ष्यमा मदिरा तथा माँस बिक्रिमा रोक लगाए पनि वडा नं.१२ अन्तर्गत एयरपोर्ट रोड कुवा बजारको छेउछाउमा खुलेआम बिक्रि वितरण भएको छ । कुवा बजारदेखि दक्षिण—पश्चिमपट्टि रहेको हनुमाननगर प्रहरी चौकीले समेत बेवास्ता गरेको देखिएको छ । पालिका तथा प्र्रशासनको निर्देशनलाई नियमन गराउने तथा अनुगमन गरी सहयोग गर्ने काम प्र्रहरी प्रशासनको समेत रहेको हुन्छ । स्थानियहरुले प्रहरीकै मिलोमतोमा यस्ता अराजक गतिविधि भइरहेको बताए । यस वडाको वडाध्यक्ष शत्रुध्न यादव हुन्् । बजार वरिपरीको क्षेत्र अव्यवस्थित बधशाला र ढलका कारण पानी जमेर दुर्गन्धित भई रोग फैलिने डर समेत रहेको स्थानिय लक्ष्मण दासले बताए ।