जलेश्वरटुडे समाचारदाता
धनुुुषा, २९ मंसिर
ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले एउटा कार्यक्रम वीच एउटा विद्यार्थीको हैप्पी बर्थ डे मनाएको छ ।
कक्षा २ मा अध्ययनरत आयुुष झाको जन्म दिनको अवसरमा विद्यार्थीहरु तथा शिक्षक—शिक्षिकाहरुको उपस्थितिमा टोपी तथा हैप्पी बर्थ डे को रिबन लगाई तालिको गडगडाहटको वीच हैप्पी बर्थ डे आयुष भन्दै सबैले शुभ आशिष तथा दीर्घायुको कामना गरेका थिए । संस्थापक प्र.अ.उप—प्रा. पवन कुमार साह,उप—प्रधानाध्यापक सोनी साह,बरिष्ठ शिक्षक सरोज झा,विबेकानन्द झा लगायत अन्य शिक्षक तथा शिक्षिकाहरुको उपस्थितिमा सो कार्यक्रम मनाइएको थियो । यस किसिमको कार्यक्रमले विद्यार्थीहरुको खुशीको क्षणको आँकलन गर्न सकिने सुमधुर समय रहेकोले यसलाई मनाउनमा सबैले सहभागि हुनुपर्ने आफ्नो विचार समेत प्र.अ. साहले राख्नुभयो ।
