" >
ज्ञान गंगाले श्रीकृष्ण जन्माष्टमी महोत्सव मनाए - Jaleshwortoday

ज्ञान गंगाले श्रीकृष्ण जन्माष्टमी महोत्सव मनाए

 ३२ श्रावण २०८२, शनिबार ००:३२  
5

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ३० श्रावण

ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले एक कार्यक्रम वीच श्रीकृष्ण जन्माष्टमी महोत्सव मनाएको छ ।
शनिवार पर्न गएको श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा यस विद्यालयले श्री कृष्ण जन्माष्टमी महोत्सव मनाएका छन् । सो अवसरमा यस विद्यालयमा अध्ययनरत साना कक्षादेखि ठूला कक्षाका छात्रछात्राहरु घरबाटै श्री कृष्ण तथा राधाको पोशाक सजिएर आएकाहरु आकर्षक देखिएका थिए । सो विद्यार्थीहरु मध्ये दुई जनालाई आकर्षक मेडल प्रदान गरिएको थियो भने अन्य सहभागिहरुलाई समेत प्रोत्साहित गरिएका थिए । विद्यार्थीहरुले राधाकृष्णको बोलको गीतमा विभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको उद्घाटन उपस्थित अभिभावकहरुबाट गरिएको थियो । प्रधानाध्यापक प्रा.पवन कुमार साह तथा उपप्रधानाध्यापक सोनी साहले समेत सो अवसरमा शुभकामना दिएका थिए ।