" >
भारतबाट आउने पर्यटकहरुको लागि बोर्डरमा भारु रुपैयाँ सटही काउण्टर राख्नुः मन्त्री कुशवाहा - Jaleshwortoday

भारतबाट आउने पर्यटकहरुको लागि बोर्डरमा भारु रुपैयाँ सटही काउण्टर राख्नुः मन्त्री कुशवाहा

 १८ भाद्र २०८२, बुधबार २३:५४  
8

आरजे इर्शाद शेख
महोत्तरी, १८ भदौं

मधेश प्रदेशका पर्यटनमन्त्री ई. बसन्त कुशवाहाले नेपाल भारत बोर्डरमा भारु सटही काउण्टर राख्न माग गरेका छन्।
सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण पर्यटकीय क्षेत्र जनकपुरधाममा आउने पर्यटकहरूका लागि भिठामोड नाका प्रमुख प्रवेशद्वार बनेको छ। दैनिक हजारौँ संख्यामा पर्यटकहरू यस नाकामार्फत नेपाल भित्रिने गरेका छन्। तर भारु सटही काउण्टरमा भारु रुपैँया नलिने गरेको गुनासोपछि मन्त्री कुशवाहाले काउटर रहेको प्रभु बैँकलाई पत्राचार गरेको छ ।

भिठामोड भन्सार कार्यालयभित्र सञ्चालनमा रहेको प्रभु बैंकको शाखा कार्यालयमा सेवा लिने क्रममा यात्रुहरूले असुविधा भोगिरहेको भन्दै आज गरिएको स्थलगत निरीक्षणमा देखिएका समस्या तत्काल समाधान गर्न सरोकारवालाको ध्यानाकर्षण गराइएको हो ।

बैंकको काउन्टरले भारतीय रुपैयाँ नलिने गरेको र नेपाली रुपैयाँ सटही गर्न करिब १ किलोमिटर टाढा रहेको मनी एक्सचेन्जमा पठाउने गरेको गुनासो पर्यटकहरूले गरेका छन्। तत्कालै बैंककै काउन्टरबाट भारतीय रुपैयाँ सटहीको व्यवस्था मिलाउन माग गरिएको छ।

अनलाइन भुक्तानीका लागि डिजिटल वालेट, क्यूआर कोड तथा बैंक खाता विवरण सार्वजनिक रूपमा राख्नुपर्ने सुझाव दिइएको छ।

बैंक काउन्टरमा बैंकको नाम, सम्पर्क व्यक्तिको फोन नम्बर र केन्द्रीय कल सेन्टरको सम्पर्क नम्बर स्पष्ट देखिने गरी राख्नुपर्ने भनिएको छ।

साथै, बैंक कर्मचारीहरूले अनिवार्य रूपमा औपचारिक पोशाक र कर्मचारी परिचयपत्र प्रयोग गर्नुपर्ने माग राखिएको छ।

स्थानीय व्यवसायी र यात्रुहरूले नाकास्थित बैंक सेवामा सुधार भइ सहज र पारदर्शी सेवा उपलब्ध हुने आशा व्यक्त गरेका छन्।