सोनी साह
जनकपुरधाम, २० भदौं
ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले शुक्रबार एक कार्यक्रम वीच बादबिबाद प्रतियोगिता समपन्न गरेको छ ।
तरबार भन्दा कलम बलियो भन्ने शिर्षकमा पक्ष र विपक्षबाट एक दर्जन भन्दा बढी विद्यार्थीहरुले आफ्नो बलिया तर्कहरु राखेका थिए । ती विद्यार्थीहरु मध्ये कक्षा ६ का गोपी शर्मा प्रथम,सुरज मण्डल द्वितिय र आदित्य राज कुमार साह तृतिय भएका थिए । तिनीहरुलाई आकर्षक पुरस्कारले पुरस्कृत गरिएको थियो। निर्णायक मण्डलमा शिक्षक सरोज कुमार झा र प्रिन्स सिंह रहेका थिए । कार्यक्रम संचालन शिक्षिका रोशनी यादवले गर्नु भएको थियो । प्रधानाध्यापक प्रा.पवन कुमार साहले सहभागी सबै विद्यार्थीहरुलाई स्याबासि दिदै अझै राम्रो गर्न सल्लाह दिनुभयो ।
