" >
संत रामपालले नेपालका गरिव तथा अनाथलाई सहयोग गर्ने - Jaleshwortoday

संत रामपालले नेपालका गरिव तथा अनाथलाई सहयोग गर्ने

 २१ भाद्र २०८२, शनिबार २२:५२  
1

राजेश भगत
धनुषा, २१ भदौं

2

संत रामपालले नेपालका गरिव तथा अनाथलाई सहयोग गर्ने बताइएको छ ।मिथिला नगरपालिकाको बेलाचापीमा अवस्थित आश्रममा संत रामपाल जी महाराजको अवतरण दिवसको अवसरमा भदौं २१ गतेदेखि २३ गतेसम्म ३ दिन विशाल भण्डाराको आयोजना गरिएको छ ।

यस विशाल भण्डारामा नेपाल तथा भारतका अनुयायी तथा अन्य अतिथिहरुको उपस्थिति रहने आयोजकले जानकारी दिए । विशाल भण्डाराको सँगसँगै तीन दिवशीय अखण्ड पाठ,दहेज मुक्त विवाह,अध्यात्मिक प्रदर्शनी,विशाल सत्सँग समारोह,रक्तदान शिविर तथा निशुल्क नामदीक्षाका कार्यक्रमहरु संचालन हुने छ ।

आश्रमको विशेष स्रोतको अनुसार मधेस प्रदेश तथा नेपालमै बसोबास गर्ने इच्छुक गरिब जनताको लागि संत रामपाल जी महाराजले गाँस,बाँस तथा कपासको व्यवस्था मिलाउने छ । साथै गरिव,जेहेन्दार तथा अनाथ विद्यार्थीहरुलाई समेत गाँस,बाँस,कपास तथा पढाईको खर्च व्यवस्थापन गरिदिने स्रोतले जानकारी गराए । पहिलो दिनको भण्डारामा हजारौंको संख्यामा भगत तथा जगतको उपस्थिति रहेको थियो ।