सामाजिक सँजाल बन्द भएर अनेकौं समस्याहरु सृजना भएका छन् । फेसबुक,ह्वाट्सएप लगायत करिब २६ वटा सँचारका विकल्पहरु नेपाल सरकारले बन्द गराएका छन् । नेपाल सरकारका अनुसार बन्द गराउन अघि नै ती सबै सञ्जालहरुलाई एक हप्ताको समय दिएका थियौं तर कोही पनि सम्पर्कमा नआए पछि यस्तो कदम उठाउनु परेको बताएका छन् ।
अब यी सामाजिक सँजालहरु बन्द भएपछि सृजना भएका समस्याहरु तथा भविष्यमा भोग्नु पर्ने समस्याहरुबारेमा चिन्तन गर्न आवश्यक रहेको देखिन्छ । सामाजिक सँजाल मनोरञ्जनको साधन मात्र नभएर विभिन्न ठाउँमा घटेका घट्नाहरुबारे तुरुन्त बुझ्न तथा त्यसबारे सकेसम्म सहयोग लिन वा दिन सकिन्थ्यो जुन अव सम्भव छैन । सामाजिक सञ्जालका सहयोगले विदेशमा बस्ने नेपालका युवाहरु आफ्ना घर परिवारसँग सजिलैसँग सम्पर्कमा थिए जुन अव असम्भव छ । सामाजिक सँजालको प्रयोगले स्थानिय,प्रादेशिक,राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्यवसाय प्रबद्र्धन गर्न गराउन सहयोग पुगेको थियो । सामाजिक सञ्जालले पत्रपत्रिका तथा अनलाइन भन्दा पनि छिटो सम्प्रेषित हुने सञ्चार माध्यम बनेको थियो । केहि प्राविधिक जानकारहरु सामाजिक सञ्जालमै आश्रित भएर आफ्नो जिविका चलाएका थिए जुन मर्ने भएको छ । यसको अलावा सुरक्षित तथा भरपर्दाे विभिन्न क्षेत्रको जानकारी सजिलै प्राप्त गर्न सकिने मुहान नै बन्द भए पछि जनतामा चिन्ता तथा मानवीय अभिव्यक्तिको हनन् भएको बोध भएको छ । नेपाल सरकारले सूचना तथा प्रेस स्वतन्त्रताको हक समेत खोसेको विभिन्न प्रेस संगठनहरुले आवाज उठाउन थालेका छन् । नेपाल सरकारको प्राविधिक संयन्त्रहरु समेत यी सामाजिक सँजालमै आश्रित थिए जुन बन्द भए पछि सरकारी कामकाजहरु पनि प्रभावित भएको छ । अन्तमा बन्द भएका सामाजिक सँजालहरु सबैको हितको लागि खुलाउन अत्यन्त जरुरी छ ।
