जेनजीको आन्दोलन पश्चात गृहमन्त्री लेखकद्वारा राजीनामा – Jaleshwortoday

जेनजीको आन्दोलन पश्चात गृहमन्त्री लेखकद्वारा राजीनामा

 September 8, 2025  
5

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २३ भाद्र

जेनजीको आन्दोलन पश्चात गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।

उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।

सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् ।

उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिएका हुन् ।

त्यसअघि उनले पार्टी बैठकमा पनि आफू नैतिकताका आधारमा पदमा नबस्ने जानकारी गराएका थिए ।