काठमाडौंको नयाँ वानेश्वरमा जेनजी युवा पुस्ताहरु द्वारा गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीको गोलि लागी २० जना युवा विद्यार्थीहरुको मृत्यु भएको छ भने देश भरका ३ सय ४७ जना भन्दा बढी विद्यार्थीहरु घाइते भएका छन् । आन्दोलनको क्रममा जेनजी कक्षा १० देखि १२ सम्मका युवा विद्यार्थीहरु विद्यालय पोशाकमै निषेधित क्षेत्रमा मात्र तोडेर अगाडी बढेनन् की उनीहरु संसद भवनमा नै प्रवेश गरेका थिए । संविधानको धारा १९ मा अभिव्यक्ति स्वतन्त्रता हक भए पनि सो खोसेको,भ्रष्टाचार,सुशासनको चरम अभाव, बेरोजगारी,घुसखोरी जस्ता विकृति विरुद्ध जेनजी युवा पुस्ताले शान्तिपूर्ण आन्दोलन गरेका थिए । यस घटना पश्चात संघीय गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा प्रधानमन्त्री केपी ओलि समक्ष राजिनामा दिएका छन् । यतिमात्र होइन सबै सामाजिक सञ्जालहरु समेत हिजो रातिदेखि नै चल्न थालेका छन् । सामाजिक सञ्जाल बन्द गरेर र खोलेर के फाइदा भो मानवीय क्षति बाहेक ? नेपालमा निरंकुशता बढदै गरेको परिवेशमा जेनजीले सोमबार शान्तिपूर्ण आन्दोलन गरेर विश्वलाई आश्चर्यचकित बनाएको छ । नेपालमा १३ वर्षदेखि २८ वर्षका युवा पुस्ताले देखाएको साहस र जोशलाई आज विश्वले सलाम गरेको छ । सहादत प्राप्त वीर शहिद विद्यार्थीहरुका बलिदान खालि जाने देखिदैन । किनभने हरेक रात पछि दिन आउँछ ,त्यसै गरी निरंकुशताको चरम सिमा पार गरेपछि त्यसको अन्त्य अवश्य हुन्छ । देशले परिवर्तन चाहेको छ जुन अव सम्भव हुने देखिन्छ ।
