जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २४ भाद्र
सरकारले गरेको चरम दमन विरुद्ध जेन—जीद्वारा जारी आन्दोलनको दोस्रो दिन समेत मधेसका ८ वटै जिल्लाहरु सहित देशभर आन्दोलन तथा प्रदर्शन विहानैदेखि जारी रहेको छ । प्रदर्शन तथा आन्दोलनको क्रममा आज पनि नेपाल प्रहरीको गोलि लागी प्रदर्शनकारी विद्यार्थीहरु घाइते भएका छन् ।
मधेस प्रदेशको राजधानी जनकपुरधाममा समेत विहानै देखि जेनजी पुस्ताहरुको बाक्लो उपस्थितिको विच अहिलेको सरकार विरुद्ध चर्काे नाराबाजी गरेका छन् । अहिले समेत जनकपुरधामको एयरपोर्ट क्षेत्र तनावग्रस्त भएको छ । मधेस प्रदेशको प्रदेशसभा हाताभित्र ठूलो विष्फोट भएको बुझिएको छ भने प्रदर्शनकारी विद्यार्थीहरु नाराबाजि गर्दै भानुचौकतिर बढेका छन् । त्यसैगरी जनकपुरधामको जिरोमाइल क्षेत्रमा समेत प्रहरी चौकीमा आगो लगाइएको छ ।
त्यसैगरी महोत्तरीको जलेश्वर तथा बर्दिबासमा समेत जेनजी पुस्ताका विद्यार्थीहरु तथा अन्य युवाहरुले समेत अहिलेको सरकारको दमन विरुद्ध नाराबाजि सहित विरोध प्रदर्शन गरेका छन् । नेपालका शीर्षनेताहरु हेलिकप्टर चढी सुरक्षित स्थानहरुमा जान लागेको काठमाडौंका सञ्चार माध्यमहरुले बताएका छन् भने प्रधानमन्त्री केपी ओलि समेत स्वास्थ्यको बहाना बनाएर दुबई जाने तयारी गरीरहेको विशेष स्रोतबाट बुझिएको छ ।
धनुषा प्रमुख जिल्ला अधिकारीले यस क्षेत्रको अवस्था नियन्त्रणमा लिन निषेधाज्ञा जारी गरेको छ ।

