देशकै पहिलो महिला प्रधानमन्त्री शुशिला कार्कीले लिईन शपथ – Jaleshwortoday

देशकै पहिलो महिला प्रधानमन्त्री शुशिला कार्कीले लिईन शपथ

 September 12, 2025  
555

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २७ भाद्र

नवनियुक्त पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन् ।

शीतल निवासमा आयोजित विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् । वहाँ यस अघि नेपाल सरकारको पूर्व पहिलो महिला प्रधानन्यायाधिश हुनु हुन्थ्यो । प्रधानमन्त्री कार्कीलाई नेपालको संविधानको धारा ६१ को उपधारा ४ लाई टेकी प्रधानमन्त्री बनाइएको छ ।
अव तीन मन्त्री सहितको सानो अन्तरिम सरकार गठन भए पश्चात ती मन्त्री मण्डलले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष संसद विघटनको प्रस्ताव पेश गर्ने छ । त्यसपछि राष्ट्रपति पौडेलले संसद विघटन गर्नलाई अनुमोदन गर्ने छ । प्रधानमन्त्री कार्कीले ६ महिना भित्र निर्वाचन गराउने जिम्मेबारी पनि पाउनु भएको छ ।