
जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २७ भाद्र
नवनियुक्त पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन् ।
शीतल निवासमा आयोजित विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् । वहाँ यस अघि नेपाल सरकारको पूर्व पहिलो महिला प्रधानन्यायाधिश हुनु हुन्थ्यो । प्रधानमन्त्री कार्कीलाई नेपालको संविधानको धारा ६१ को उपधारा ४ लाई टेकी प्रधानमन्त्री बनाइएको छ ।
अव तीन मन्त्री सहितको सानो अन्तरिम सरकार गठन भए पश्चात ती मन्त्री मण्डलले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष संसद विघटनको प्रस्ताव पेश गर्ने छ । त्यसपछि राष्ट्रपति पौडेलले संसद विघटन गर्नलाई अनुमोदन गर्ने छ । प्रधानमन्त्री कार्कीले ६ महिना भित्र निर्वाचन गराउने जिम्मेबारी पनि पाउनु भएको छ ।