मधेश प्रदेशमा लुकाछिपी रुपमा मुख्यमन्त्री बनाउने कार्यदेखि शपथ समेत खुवाउने असंबैधानिक खेलले अहिले प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त भएकी छिन् । नेपालको लोकतन्त्र, संसदीय प्रणाली र संघीयता माथिको गम्भीर षड्यन्त्रको रूपमा यसलाई बुझ्न आवश्यक छ । यो जसले गरेको छ, जसले गरिराख्नु भएको छ, जुन शक्तिहरू यसमा संलग्न छ, ती सबैले सायद यो यस्तो खालको खेलको, यसको प्रभावको बारेमा आंकलन अलि कमजोर रूपमा गरेको छ । यो दुरगामी रूपमा नेपाली समाजलाई फेरि पनि सम्प्रदायको आधारमा, सामाजिक सद्भाव जुन बन्दै गएको थियो, त्यसलाई भत्काउने हिसाबले साम्प्रदायिक ध्रुवीकरणको कोणबाट पनि भएको छ । विश्वासको मत लिने जुन १६८ को २ नम्बरको उपधारा देखाएर जुन मुख्यमन्त्री नियुक्त गरिएको थियो, त्यो प्रयास, त्यो अभ्यास नै पूरा नभएको भन्ने दलहरूको अडान छ । जसमा नेपाली कांग्रेस पनि अहिले प्रदेशमा जितेन्द्र सोनलको पक्षसँग हातमा हात मिलाएको छ । अब यो लुकीछिपी अर्को धारा प्रयोग गरेर प्रदेश प्रमुखले यसरी काम गर्दाखेरि, जनकपुरभन्दा बाहिर, आफ्नो कार्यालयभन्दा बाहिर, राति–राति एउटा होटलमा बोलाएर मुख्यमन्त्री नियुक्त गर्नुभयो । दुनियाँमै यस्तो दुर्भाग्यपूर्ण घटना कहिल्यै भएको छैन । तसर्थ मधेसलाई बिद्रोहबाट बचाउन सबैको साझा दायित्व रहेको देखिन्छ ।
