गौतम होटलमा परम्परा ब्याण्डसहित नयाँ वर्ष उत्सव - Jaleshwortoday

Blackjack odds in crypto casino

  1. Free 20 Spins: These videos get hundreds of thousands of views, with revenue coming in from ads, subscriptions and sponsorships.
  2. 10 Bonus Casino - Depending on the online casino you've chosen, you may need to download their in-house app before being able to enjoy the site in full.
  3. Slot Walk Of Shame By Nolimit City Demo Free Play: All they need is a registered account and a fast Internet connection.

Raw joint poker

App For Online Slots Development
Stars has two forms of customer support available to players, Live Chat and Email.
Double Ball Roulette Jackpot
Players should keep an eye on reels 2, 3 and 4 at all times as they play Moon Festival, because these are the only positions where the moon symbol can appear.
Despite a Woods-fueled surge in television ratings that resulted in some of the biggest numbers in decades, the shifting entertainment landscape has diminished viewer totals from even the most popular sporting events.

Theif of gambling winnings

Video Slot Machines In Australia
You must supply an email address and choose a reason for contacting them from the menu.
Uptown Pokies Casino No Deposit Bonus 100 Free Spins
Is it really that big of a deal for you to try it out.
Free Spins Slots Online Australia

गौतम होटलमा परम्परा ब्याण्डसहित नयाँ वर्ष उत्सव

 १४ पुष २०८२, सोमबार २०:०७  
2

जीवनराज दाहाल
बर्दिबास, १४ पुस

नयाँ वर्षको आगमनसँगै संगीत, संस्कृति र स्वादको उत्सव मनाउने चाहना राख्नेहरूका लागि लालगढस्थित गौतम होटलले विशेष उपहार ल्याएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा गौतम होटलले भव्य सांस्कृतिक तथा सांगीतिक महोत्सव आयोजना गर्ने भएको हो, जसले मनोरञ्जनसँगै पर्यटन प्रवर्द्धनको सन्देशसमेत बोकेको छ ।
3
महोत्सवको मुख्य आकर्षणका रूपमा नेपाली संगीत क्षेत्रका चर्चित गायक प्रमोद खरेल र उहाँको लोकप्रिय ब्याण्ड “परम्परा” ले प्रत्यक्ष (लाइभ) सांगीतिक प्रस्तुति दिनेछन् । मौलिक नेपाली संगीत र आधुनिक प्रस्तुतीको संगमले नयाँ वर्षको उत्सवलाई अझ रंगीन बनाउने अपेक्षा गरिएको छ । कार्यक्रम सञ्चालन चर्चित सञ्चालिका शोभा त्रिपाठीले गर्नेछिन् भने कृष्ण क्षेत्रीको मधुर संगीतले माहोललाई थप उल्लासमय बनाउनेछ । अन्य कलाकारहरूको सहभागितामा नेपाली मौलिकता, परम्परा र सांस्कृतिक पहिचान झल्किने विविध प्रस्तुति समेत समावेश गरिने आयोजकले जनाएको छ ।
निजी क्षेत्रको पहलमा आयोजना हुन लागेको यस कार्यक्रमलाई केवल मनोरञ्जनमा सीमित नराखी क्षेत्रीय पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा अघि बढाइने लक्ष्य लिइएको छ । नयाँ वर्षको अवसरमा नेपालका विभिन्न जिल्लाका साथै भारतको बिहार राज्य अन्तर्गत सीतामढी, मधुबनी, दरभंगा, जयनगरलगायत क्षेत्रबाट उल्लेख्य सङ्ख्यामा पर्यटक आगमन हुने अपेक्षा गरिएको छ । यसले स्थानीय होटल, व्यवसाय र आतिथ्य क्षेत्रलाई थप चलायमान बनाउने विश्वास गरिएको छ ।
महोत्सवको अर्को विशेष आकर्षण मधेस प्रदेशको पहिचान बोकेका परम्परागत तथा स्वादिष्ट परिकारहरू रहनेछन् ।
1
गौतम होटलका सञ्चालक हिरा गौतम भन्छन्,
“मधेसको स्वाद आफैंमा एउटा संस्कृति हो । कलैयाको सेकुवा, रौतहटको कटिया, जनकपुरको ललन माछा, सप्तरीको पेडा, धनुषाको दहीलगायत परिकारको स्वाद चखाएर अतिथिलाई यहाँको मौलिकता सम्झी रहने बनाउने हाम्रो प्रयास हो ।”
कार्यक्रममा सहभागिताका लागि तीन तहका टिकट व्यवस्था गरिएको छ । रु. ५,०००, रु. ३,५०० र रु. २,५०० मूल्यका टिकटमा सांस्कृतिक कार्यक्रम अवलोकनसँगै तोकिएको प्याकेजअनुसार खाना, स्न्याक्स तथा ड्रिङ्क्सको समेत व्यवस्था गरिएको छ ।
विशेष फुड स्टलमार्फत आगन्तुकलाई मधेसको मौलिक स्वाद र संस्कृतिसँग प्रत्यक्ष साक्षात्कार गराउने उद्देश्य लिइएको छ । संगीत, संस्कृति र स्वादको त्रिवेणीसँगै नयाँ वर्षलाई अविस्मरणीय बनाउने यस अवसरमा सहभागी भई उत्सवलाई सफल बनाउन गौतम होटल परिवारले सबैलाई हार्दिक आमन्त्रण गरेको छ ।