जलेश्वरटुडे समाचारदाता
धनुषा, ६ माघ
आम जनता पार्टीको तर्फबाट राम कुमार महतोले धनुषा ४ नम्बर क्षेत्रबाट आफ्नो उम्मेदबारी दर्ता गराएका छन् ।
प्रभु साह नेतृत्वको आम जनता पार्टी मोबाइल छापबाट फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावको लागि क्षिरेश्वरनाथ नगरपालिका अन्तर्गत महेन्द्रनगर स्थित रहेको निर्वाचन कार्यालयमा उम्मेदबारी दिएका छन् । प्रतिनिधि सभा चुनावको उम्मेदबार महतोले आफ्नो उम्मेदबारी,जेनजी पुस्ताको माँग पुरा गर्न,पिछडावर्ग समुदायको हकहितको साथै संघियताको रक्षा गर्नको लागि रहेको बताउनु भयो । हाम्रोलाई होइन की राम्रोलाई मतदान गर्न आग्रह गर्नुभयो ।
