ज्ञान गंगाले ९औं वार्षिकोत्सवको अवसरमा भोलि प्रभातफेरी कार्यक्रम मनाउने – Jaleshwortoday

ज्ञान गंगाले ९औं वार्षिकोत्सवको अवसरमा भोलि प्रभातफेरी कार्यक्रम मनाउने

 January 22, 2026  
9d4d9c0e-c1c8-46d8-ac42-cd2f8dbf22a5

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ७ माघ

ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले ९ औं वार्षिकोत्सवको अवसरमा बिहिबार प्रभातफेरी कार्यक्रमको आयोजना गर्ने भएको छ ।
विद्यालयको संस्थापक प्रधानाध्यापक प्रा.पवन कुमार साहले शिक्षक,कर्मचारी तथा विद्यार्थीहरु सहितको रैली विहान ११ बजे विद्यालयदेखि शुरु भई क्याम्पस चौक,मुरली चौक,विषहरा चौक,पिररीया माईको बाटो हुदै रा. रा.ब.क्याम्पस,कुपेश्वरनाथको बाटो हुदै पुनःविद्यालय पुग्ने कार्यक्रम रहेको बताउनु भयो । शुक्रबार सरस्वती पुज्नोत्सव तथा वार्षिकोत्सव मनाउने कार्यक्रम रहेको समेत प्रधानाध्यापक साहले जानकारी गराउनु भयो । यस वर्ष सरस्वती पुजा तथा अन्य कार्यक्रमहरु दुई ठाउँहरु जुनियर सेक्सन कुवा,एयरपोर्ट रोड र सेनियर सेक्सन मुरली चौकको नयाँ भवन(निर्वाचन कार्यालयको सामुने)मा मनाइने भएकोले गरिमामय उपस्थितिको लागि सबै नयाँ तथा पुरानो अभिभावक,गुरुवर्ग,कर्मचारी,सुरक्षाकर्मी,पत्रकार,बुद्धिजिवी,नागरिक समाज तथा अतिथिहरुलाई हार्दिक निमन्त्रणा सहित अनुरोध गरिएको प्र.अ.साहले थप्नुभयो ।