जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ८ माघ
ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले भव्य तथा सभ्य रुपमा ९ औं वार्षिकोत्सव मनाएको छ ।
बसन्त पञ्चमीको दिन प्रत्येक वर्ष र्झै यस वर्ष पनि यस विद्यालयले ९ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा यस विद्यालयको प्रधानाध्यापक प्रा.पवन कुमार साहले हिन्दु सम्राटसेनाको उपाध्यक्ष लक्ष्मी साह,कृषि ज्ञान केन्द्र जलेश्वरको लेखा अधिकृत गोविन्द साह,श्री देवंशी लहेरी समाजको पूर्व अध्यक्ष तथा समाजसेवी बदामी साह तथा महाविर युवा कमिटीको सदस्य तथा उषा स्टिल फर्निचरको संस्थापक अरुण साहलाई खाँदा ओढाई सम्मान गर्नु भएको थियो ।
