जसपा नेपालद्वारा पूर्वमन्त्रीसहित आठ जनालाई कारबाही – Jaleshwortoday

जसपा नेपालद्वारा पूर्वमन्त्रीसहित आठ जनालाई कारबाही

 January 28, 2026  
2

मो.ईर्शाद
महोत्तरी, १४ माघ

जनता समाजवादी पार्टी (जसपा) नेपालले पूर्वमन्त्रीसहित आठ जनालाई कारबाही गरेको छ ।

प्रतिनिधि सभा चुनावमा पार्टीको नीति तथा निर्णय विपरित पार्टीको आधिकारिक उम्मेदवारहरूविरूद्ध उम्मेदवारी दिएको भन्दै जसपा नेपालले पूर्वमन्त्री हरिनारायण यादव, प्रदिप यादव (पर्सा), चन्दनकुमार सिंह (बारा), आत्माराम साह (बारा), कमरुल्लाह अन्सारी (बारा), उदयकान्त मिश्र (सर्लाही), नवलकिशोर सिंह (बारा) र डा. शिवजी यादव (महोत्तरी)लाई कारबाही गरेको हो ।

प्रतिनिधि सभा निर्वाचनको मनोनयन दर्ताको क्रममा हरिनारायण यादवले महोत्तरी क्षेत्र नं. ३ बाट आधिकारिक उम्मेदवार डा. मिनाक्षी ठाकुरविरूद्ध स्वतन्त्रबाट उम्मेदवारी दिनुभएकाे छ । उहाँ अहिले चुनावी प्रचारप्रसारमा व्यस्त हुनुहुन्छ । उम्मेदवारी दर्ताको एक साताभन्दा बढी समय बितिसकेपछि जसपा नेपालले यादवलगायतलाई आठ जनालाई कारबाही गरेको भन्दै बुधबार विज्ञप्ति निकालेको हो ।

उनीहरूले पार्टीको आधिकारिक उम्मेदवारहरूको विरुद्ध उम्मेदवारी दिने तथा पार्टीको हित विपरित कार्य गरेकोले आजैको मितिदेखि पार्टीबाट निष्कासन गरिएको पार्टीका संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।