मो.इर्शाद
महोत्तरी, ५ फागुन
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा महोत्तरी क्षेत्र नम्बर ३ को राजनीतिक माहोल थप प्रतिस्पर्धात्मक र रोचक बन्दै गएको छ। यहीबीच जनता समाजवादी पार्टी (जसपा) का प्रभावशाली नेता मोजिम राईनले स्वतन्त्र उम्मेदवार राम आधार कापरलाई खुला समर्थन घोषणा गरेका छन्।
नेता राईनले कापरलाई क्षेत्रका वास्तविक मुद्दा उठाउने, जनताको आवाज सुन्ने र स्थानीय आवश्यकता अनुसार विकासका कार्यक्रम अघि बढाउन सक्षम व्यक्तित्व भन्दै प्रशंसा गरेका छन्। समर्थन घोषणा गर्दै उनले भने—महोत्तरी–३ ले अब वैकल्पिक, साफ–छवि र जनमुखी नेतृत्व खोजिरहेको छ। यी सबै गुण राम आधार कापरमा स्पष्ट देखिन्छन्।
राईनको समर्थन सार्वजनिक भएपछि कापरको पक्षमा चुनावी वातावरण झनै बलियो बन्दै गएको स्थानीय विश्लेषकहरूको भनाइ छ। विशेषगरी युवातह, सर्वसाधारण तथा व्यापारिक समुदायबीच कापरप्रति आकर्षण बढ्दो छ।
स्वतन्त्र उम्मेदवार कापरले अघि सारेको “जनताको काम, जनताको अधिकार” अभियानले गाउँ–बस्तीमा चर्चा पाईरहेको छ, जसका कारण क्षेत्र नम्बर ३ को चुनावी तापक्रम लगातार चढ्दो क्रममा छ।
