मनिष झा तीन गुणा मतान्तरले अग्र स्थानमा – Jaleshwortoday

मनिष झा तीन गुणा मतान्तरले अग्र स्थानमा

 March 6, 2026  
1

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम २२ फागुन

धनुषा जिल्लाको क्षेत्र नम्बर ३ को रास्वपाको उम्मेदबार मनिष झा तीन गुणा मतान्तरले अग्र स्थानमा छन् ।
काँग्रेसको पक्कड भएको यो क्षेत्रमा परिवर्तनको आवाजसँगै मनिष झाले रास्वपाको घण्टी छापलाई जिताएर अझ जनविश्वास बटुल्ने देखिन्छ । रास्वपाका उम्मेदबार मनिष झाले ३३ हजार ५ सय ५५ मत समाचार तयार पार्दा सम्म ल्याएका छन् भने दोस्रो स्थानमा काँग्रेसका बिमलेन्द्र निधिले १२ हजार ६ सय ७७ मत ल्याएका थिए । त्यसैगरी यस अघि विजय हासिल गरेकी नेकपा एमालेका नेत्री जुली महासेठले ६ हजार ६ सय २ मत प्राप्त गरेकी थिइन । नेपाल कम्युनिष्ट पार्टीको उम्मेदबार राम ललित मण्डलले ४ सय ६५,जसपा नेपालको उम्मेदबार परमेश्वर साहले ४ सय ५,जनमत पार्टीको उम्मेदबार गोपाल प्रसाद साहले २ सय २६,राप्रपाको हुसैन कबारी १ सय ५९,नेजपाको अमरेन्द्र कुमार झा १ सय १,श्रसपाको सदाम हुसैनले ७६,उनेपाको प्रमोद कुमार साहले ५४,आजपाको प्रमोद विक्रम साहले १८ र रामुपा नेपालले ११ मत प्राप्त गरेको समाचार तयार पार्दा सम्म बुझिएको छ ।