जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २३ फागुन
महोत्तरी क्षेत्र नम्बर २ को भाग्यमानी खप्पडलाई रास्वपाले अत्यधिक मत परिणाम ल्याई ध्वस्त पारेको छ ।
१९ पटकसम्म मन्त्री बन्ने भाग्य लिएर जन्मेका, दादा उपनाम भएका शरत सिंह भण्डारी आज बालेनको क्रेजको अगाडी रास्वपाको उम्मेदबार दिपक कुमार साहले पराजित गरेको छ ।
निर्वाचन परिणामअनुसार साहले ३२ हजार ७२२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालका शरतसिंह भण्डारीले १० हजार १९८ मत प्राप्त गरे। यसैगरी नेपाली कांग्रेसकी उम्मेदवार किरण यादवले ९ हजार ७४५ मत प्राप्त गरेकी छन् भने नेकपा (एमाले)का कासिम नदाफले ३ हजार ५२४ मत ल्याएका छन्।अन्य उम्मेदवारतर्फ नेपाल कम्युनिष्ट पार्टीका लक्ष्मणकुमार यादवले ७३७ मत तथा जनमत पार्टीका जयकुमार पाण्डेयले ४६३ मत प्राप्त गरेका छन्।
नवनिर्वाचित साहले लामो समयदेखि सक्रिय राजनीतिमा रहेका पूर्वमन्त्री शरतसिंह भण्डारीलाई पराजित गर्दै प्रतिनिधिसभामा स्थान सुरक्षित गरेका हुन्।
