जलेश्वरटुडे समाचारदाता
काठमाण्डौं, २३ फागुन
उपविजेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट हार खाएपछि निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन शाहलाई बधाई दिएका छन् ।
आफू १८ हजार ७३४ मात्र मत ल्याई पचास हजारको भारी मतान्तरले पराजित भएपछि ओलीले बालेनलाई बधाई दिँदै पाँच वर्षे कार्यकाल सफल पार्न शुभकामना दिएका हुन् ।
रास्वपाको वरिष्ठ नेता बालेन्द्र शाहले ६८ हजार ३४८ विशाल मत ल्याएर विजयी भएका छन् । खडग प्रसाद ओलिको आफ्नै क्षेत्रबाट यो दोस्रो पटकको हार हो । ‘बालेन बाबु, विजजयका लागि तपाईंलाई बधाई,’ ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्, हार्दिक शुभकामना !’ यसअघि स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौं महानगरपालिकाको मेयर जितेपछि ओलीले उनलाई तबला उपहार दिएका थिए । आजज सोही तस्वीर फेसबुकमा राख्दै ओलीले बालेनलाइ शुभकामना दिएका हुन् ।
