जलेश्वर नगरपालिकाद्वारा आयोजना गरिएको मेयर कप सामान्य ज्ञान प्रतियोगिता–२०८२/०८३ अन्तर्गत पुरस्कार वितरण समारोह बुधबार, मिति २०८२ चैत्र ४ गते, जलेश्वर–०१ स्थित श्री महेन्द्र आदर्श महिला माध्यमिक विद्यालयको प्राङ्गणमा भव्य रूपमा सम्पन्न भयो।
प्रतियोगितामा आधारभूत तथा माध्यमिक दुवै तहका उत्कृष्ट विद्यार्थीहरूलाई प्रमाणपत्र, ट्रफी, मेडल तथा अध्ययन सामाग्री सहित सम्मान गरिएको थियो।
आधारभूत तहका विजेता विद्यालयहरू
प्रथम: सिमबायोसिस इन्टरनेशनल एकेडेमी, जलेश्वर–२
द्वितीय: श्री राष्ट्रिय आधारभूत विद्यालय, जलेश्वर–३
तृतीय: श्री अभिनन्दन आधारभूत विद्यालय, जलेश्वर–१०
माध्यमिक तहका विजेता विद्यालयहरू
प्रथम: साउथ एशियन क्याम्ब्रिज ई.बो.से. स्कुल, जलेश्वर–१
द्वितीय: श्री ल.च.मु. मा.वि., जलेश्वर–२
तृतीय: शिशु ज्ञान निकुञ्ज ई.बो. स्कुल, जलेश्वर–१
वितरण गरिएको सामग्री
कुल २४ सहभागी विद्यार्थीहरूलाई ७ प्रकारका सामग्री प्रदान गरियोः मेक्सिम ग्रामर ,सामान्य ज्ञान पुस्तक,साइन्स क्यालकुलेटर (Thailand)
जेल पेन (१०/१०) डायरी, फोल्डिङ प्याड,मेडल ,फ्रेमिङ प्रमाणपत्र, ट्रफी, सहभागिता र सम्मान १६ विद्यालयलाई सहभागिता प्रमाणपत्र
मूल समितिका ११ सदस्यलाई ‘फ्रेमिङ सम्मानपत्र’
कार्यक्रम सम्पन्न भएका मितिहरू
आधारभूत तह फाइनल: २०८२/११/२६
माध्यमिक तह फाइनल: २०८२/११/२८
पुरस्कार वितरण: २०८२/१२/०४
कार्यक्रम संयोजक रंजीत चौधरीका अनुसार, विजेता तथा सहभागी विद्यार्थीहरूलाई ‘ब्याग’ तथा ‘नगद पुरस्कार’ वितरण गर्ने योजना रहे पनि केही प्राविधिक कारणवश उक्त सामग्री उपलब्ध गराउन नसकिएको जानकारी गराइयो।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक, सञ्चारकर्मी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिने सम्पूर्णप्रति आयोजक समितिले गहिरो कृतज्ञता व्यक्त गरेको छ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई सम्मानित गर्दै आयोजक जलेश्वर नगरपालिका का प्रतिनिधिहरूले विद्यार्थीहरूको शैक्षिक विकास र प्रतिभा उजागर गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
कार्यक्रममा को अध्यक्षता: जलेश्वर नगरपालिका प्रमुख सुरेश साह सोनार
प्रमुख अतिथि: प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार ठाकुर, नगर शिक्षा अधिकृत: कीर्ती कुमारी कर्ण
कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, पत्रकार, अभिभावक तथा स्थानीय सरोकारवालाहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
