जनकपुरधाम घरजग्गा व्यवसायी संघको दोस्रो साधारण सभा सम्पन्न, नयाँ समिति चयन – Jaleshwortoday

जनकपुरधाम घरजग्गा व्यवसायी संघको दोस्रो साधारण सभा सम्पन्न, नयाँ समिति चयन

 March 29, 2026  
2

मोनू गुप्ता
जनकपुरधाम, १४  चैत
जनकपुरधाम घरजग्गा व्यवसायी संघ, मधेश प्रदेशद्वारा शनिबार दोस्रो साधारण सभा सम्पन्न गरिएको छ। सभाबाट नयाँ कार्यसमिति चयन गरिएको संघले जनाएको छ।
सभाले विजय यादवको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै आगामी कार्यदिशासमेत तय गरेको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र साह, उपाध्यक्षमा प्रमोद कुमार साह, महासचिवमा दिपेश कुमार साह, सचिवमा प्रताप नारायण मण्डल तथा कोषाध्यक्षमा देवप्रसाद शर्मा चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा अल्ली राइन, अवध मुखिया, हबीब साफी, विजय पासमान, मनोज लाल कर्ण र महेन्द्र ठाकुर चयन गरिएको संघले जनाएको छ।
साधारण सभामा संघलाई थप सशक्त र व्यवस्थित बनाउने उद्देश्यका साथ नयाँ नेतृत्व चयन गरिएको बताइएको छ। नव–निर्वाचित पदाधिकारी तथा सदस्यहरूले व्यवसायीहरूको हकहित संरक्षण, बजार व्यवस्थापन तथा घरजग्गा क्षेत्रको समग्र विकासमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।