" >
मधेस सरकारले नीजि सञ्चारको संरक्षणको लागि विशेष छलफल गर्न बैठक बस्दैः अर्थमन्त्री यादव - Jaleshwortoday

मधेस सरकारले नीजि सञ्चारको संरक्षणको लागि विशेष छलफल गर्न बैठक बस्दैः अर्थमन्त्री यादव

 २५ चैत्र २०८२, बुधबार ००:५४  
3

पवनकुमार साह
धनुषा, २४ चैत्र
आम सञ्चार प्राधिकरण जनकपुरधामद्वारा ढल्केबरको होटल कोमलमा मंगलबार आयोजित अनलाईनका सञ्चारकर्मीहरुका लागि समाचार लेखन तथा सम्पादन सम्बन्धी २ दिने तालिम कार्यक्रमको सम्बोधन गर्दै सो कार्यक्रमको प्रमुख अतिथि तथा मधेस प्रदेश सरकारको अर्थमन्त्री महेश प्रसाद यादवले संघीय सरकारले नीजि सञ्चारमाध्यम प्रति गरेको भेदभावपूर्ण निर्णय प्रति गहिरो दुःख प्रकट गर्दै मधेस प्रदेश सरकारले श्रमजिवि पत्रकार तथा संचारउद्यमीहरुको रक्षाको लागि विशेष छलफल गर्न आम सञ्चार प्राधिकरण,मेडिया काउन्सिल,सचिवहरु मिलेरमुख्यमन्त्रीसँग बैठक बस्ने बताउनु भएको छ ।
वहाँले संघीय सरकारले शायद पत्रकार राज्यको चौथो अंगको रुपमा प्राचीन कालदेखि नै रहि आएको तथ्य विर्सेको आरोप लगाउनु भयो । अहिलेको वर्तमान दुई तिहाई बहुमतको रास्वपाको सरकारले पत्रकार तथा सञ्चार उद्यमीलाई सरकारी विज्ञापनबाट बञ्चित गर्ने ल्याएको कठोर निर्णयले मधेस प्रदेश लगायत नेपाल भरीका सञ्चार क्षेत्र विस्तारै समाप्त हुने भएकाले यो निर्णयलाई सच्याउनु पर्ने बताउनु भयो । अर्थमन्त्री यादवले गोरखापत्रमा नै मात्र सरकारी विज्ञापन छाप्ने हो भने गोरखापत्र पत्रिका नरही सूचनापाटी बन्ने समेत गहिरो चिन्ता व्यक्त गर्नुभयो । पत्रकारहरुले पनि केहि आन्दोलनका कार्यक्रमहरु तय गर्ने भएकाले आन्दोलनको शुभकामना दिदै कार्यक्रमहरु निर्णायक हुनु पर्ने तथा पत्रकार तथा सञ्चार उद्यमीहरुको हक हितको लागि सदैव मधेस प्रदेश सरकार साथमा रहने बताउनु भयो । साथै पत्रकारहरुलाई सत्य तथ्यको राम्रोसँग छानविन गरी मात्र समाचार लेख्न आग्रह गर्नुभयो । यस घटनामा आफू पनि परेको स्मरण गराउँदै वहाँले कसैको चरित्र हत्या गर्ने काम नगर्नु पर्ने बताउनु भयो ।