मो.इर्शाद
महोत्तरी, २५ चैत्र
महोत्तरीको बलवा नगरपालिकामा पर्ने सामुदायिक विद्यालयको जीर्णोद्धार,नयाभवन निर्माण तथा नगरपालिकालाई साक्षर घोषणा गर्ने लक्ष्य प्रति कटिबद्ध भई सेभ द चिल्ड्रेनको साझेदारी तथा रतौली युवा क्लब महोत्तरीको समन्वयमा बलवा नगरपालिका सँग उक्त योजनाहरु संचालन गरि शिक्षा क्षेत्रमा नमुना काम गर्ने योजनाहरुको करार समझौता पत्रमा हस्ताक्षर गरिएको छ ।
बलवा नगरपालिकाका नगरप्रमुख रामबिजय महतो,सेभ द चिल्ड्रेन बर्दिबास फिल्ड कार्यालयका अपरेसन प्रमुख
उमेश गुप्ता, रतौली युवा क्लबका कार्यकारी निर्देशक बैधनाथ चौधरी लगायत पालिकाका प्रमुख प्रशासकीय अधिकृत,शिक्षा शाखा प्रमुख र सेभ द चिल्ड्रेन तथा रतौलीयुवा क्लबका प्रतिनिधिहरु बिच गुणस्तरिय समावेसी प्रारम्भिक बालविकास र आधारभूत शिक्षा परियोजना अन्तर्गत त्रिपक्षीय समझौता गरिएको छ ।
बालविकास शिक्षालाई गुणस्तरियता साथ प्रवाह गर्न भौतिक संरचना पहिलो र अपरिहार्य आवश्यकता रहेकोले भौतिक संरचनामा सुधारलाई पहिलो प्राथमिकतामा राखिएको योजनाको मुख्य उद्देश्य रहेको जनाईएको छ ।
विद्यालयमा संचालित ई.सी.डी लाई सहयोग पुर्याउने उद्देश्यले बालबालिका मैत्री आपङ्गता मैत्री संरचना सँगै सुरक्षित खेलकुद व्यवस्थापन हुनेगरि संरचना निर्माण गरिने जनाईएको छ ।
बलवा नगरपालिका अन्तर्गतको २ वटा नया भवन निर्माण तथा ३ वटा मर्मत सम्भार गरिदिने साझेदारी संस्थाले जनाएको छ । यसका लागि सेभ द चिल्ड्रेन महोत्तरी, रतौली युवा क्लब महोत्तरीका प्रतिनिधिले स्थलगत अनुगमन सँगै नगरपालिका सँग वृहत छलफल समेत गरेको थियो ।
यस सँगै नगरपालिकालाई साक्षर घोषणा गर्ने बारे कार्ययोजनाहरु बनाउदै छलफल सँगै आगामी रणनीतिबनाउने कामपनि दुर्त्तगतिमा अघि सारिएको जनाईएको छ । सेभ द चिल्ड्रेन बर्दिबास फिल्ड कार्यालयका प्रमुख उमेश गुप्ताले परियोजनाको दुर्गामी उपलब्धि बारे जानकारी दिदै ।
परियोजनाले बालबालिकालाई सुरक्षित,समावेशी र गुणस्तरीय सिकाइ वातावरण प्रदान गर्नेछ। स्थानीय तहसँगको सहकार्यबाट दिगो र प्रभावकारी परिणाम हासिल हुनेमा विश्वस्त रहेको बताए ।
महोत्तरीको शैक्षिकसंस्थान हरुको भौतिक अवस्था तथा महोत्तरीको साक्षरता विषय बारे जिकिर गर्दै रतौली युवा क्लब महोत्तरीका कार्यकारी निर्देशक बैधनाथ चौधरीले समुदायसँग नजिक रहेर काम गर्दा यस्ता परियोजनाहरू अझ प्रभावकारी हुने अनुभव साझा गरेका थिए। उनले विद्यालय सुधार र साक्षरता अभियानलाई सफल बनाउन सक्रिय रूपमा सहकार्य र समन्वय गर्ने स्पष्ट योजना रहेको प्रतिबद्धता जाहेर गरे । त्यस्तै बलवा नगरपालिकाका नगरप्रमुख रामबिजय महतोले शिक्षा क्षेत्रको सुधार हाम्रो प्राथमिकता हो। विद्यालयको भौतिक पूर्वाधार सुदृढ गर्दै गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र छिट्टै बलवा नगरपालिकालाई साक्षर घोषणा गर्ने लक्ष्यमा हामी दृढताका साथ अघि बढने योजनाहरुमा केन्द्रित छौ र यथाशिघ्र सफलता हासिल गर्न काममा जुटीसकेको जानकारी दिए ।
विद्यालय सुधार परियोजनाको त्रिपक्षीय हस्ताक्षर कार्यक्रममा बलवा नगरपालिकाका नगरप्रमुख रामबिजय महतोको अध्यक्षता भएको थियो । त्यस्तै कार्यक्रममा सेभ द चिल्ड्रेन बर्दिबास फिल्ड कार्यालयका प्रमुख उमेश गुप्ता,रतौली युवा क्लबका कार्यकारी निर्देशक बैधनाथ चौधरी,अध्यक्ष साकिर खान, बलवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश महतो, सेभ द चिल्ड्रेन बर्दिबास फिल्ड कार्यालय परियोजना प्रबन्धक पुष्कर काफ़्ले, सेभ द चिल्ड्रेन बर्दिबास फिल्ड कार्यालयका नीति,वकालत तथा सञ्चार संयोजक झमकेश्वर ओझा,रतौली युवा क्लब महोत्तरीका
वरिष्ठ परियोजना संयोजक विनोद साह,पत्रकार लगायत प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
