मो.इर्शाद
महोत्तरी, २५ चैत्र
अस्पताल व्यवस्थापन समिति अध्यक्षमा प्रदेश सरकारको निर्णय प्रति युवाहरुको आक्रोश, तालाबन्दी गरेसँगै युवाहरु बसे अनशनमा
प्रादेशिक अस्पताल जलेश्वरको अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति जलेश्वरको अध्यक्ष पदका लागि प्रदेश सरकारले गरेको निर्णय प्रति असन्तुष्टि जनाउदै युवाहरुले विरोध जनाएका छन ।
प्रादेशिक अस्पताल जलेश्वरको व्यवस्थापन समिति अध्यक्षमा स्थानीय,युवा,विज्ञ हुनुपर्ने माग सहित व्यवस्थापन समिति अध्यक्षको चयन पारदर्शी र सार्वजनिक रूपले गरिनु पर्ने माग बारे युवाहरुले अस्पताल प्रशासन र स्वास्थ्य मन्त्री समेतलाई जानकारी गराईएको उनीहरुले बताए ।
प्रदेश सरकार मार्फ़त यस्तो निर्णय हुन सक्ने आशंकाले गर्दा युवाहरुले सरोकारवाला निकायलाई जानकारी गराईसकेको अवस्थामा पनि प्रदेश सरकारले स्थानीयलाई बेवास्ता गरेको प्रति आफुहरु आक्रोशित र आन्दोलित हुने अवस्थामा पुगेको बताए । त्यही निर् जलेश्वरमन्त्रालयले निर्णय फिर्ता नलिए अनशन र कडा आन्दोलन् गर्ने उनीहरुको चेतावनी । अस्पतालको व्यवस्थापन समिति अध्यक्ष बस्ने कोठामा ताल्चा लगाउदै उनीहरु अनशनमा बसेका छन ।
