चैत्र ३० गते अभिभावक दिवस र स्पोर्टस वीकको समापन
ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले बिहिबार एक कार्यक्रम वीच शैक्षिक भित्ते पात्रो—२०८३ को बिमोचन गरेको छ । सो बिमोचन कार्यक्रममा अध्यक्ष प्रा.पवन कुमार साह,प्रमुख अतिथि तथा ई—सेवाको प्रतिनिधि अभिषेक झा,उनको सहयोगी कर्मचारी,संयोजक खुश्बु झा, वरिष्ठ शिक्षक सरोज कुमार झा,विवेकानन्द झा,शिक्षक सरोज चौरसिया,शिक्षिका रोशनी यादव,आरती मिश्र,लेखापाल रागनी ठाकुर,कर्मचारीहरु तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । अभिभावक दिवसको अवसरमा संचालन भएको स्पोर्टस वीक चैत्र २० गतेदेखि संचालन भई चैत्र ३० गते अभिभावक दिवस मनाइनुको साथै सो स्पोर्टस वीक समापन हुने अध्यक्ष साह बताउनुभयो । सो दिन यस शैक्षिक प्रतिष्ठानका अभिभावकहरुलाई विशेष सम्मान दिन अभिभावक दिवस मनाउनुका साथै स्पोर्टस वीकमा सहभागि विद्यार्थीहरुमध्ये राम्रो गर्नेलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरिने अध्यक्ष साहले जानकारी गराउनु भयो । यस विद्यालयले विभिन्न प्रबद्र्धनात्मक कार्य तथा कक्षा १ देखि कक्षा ७ सम्मका विद्यार्थीहरुका प्रवेश परीक्षा बैशाख ३ र४ गते लिने तथा शै.सत्र २०८२ को परीक्षाफल प्रकाशन बैशाख ४ गते शुक्रबार गर्ने आफ्नाअभिभावकलाई जानकारी गराएको छ ।
