सोनी साह
जनकपुरधाम, ३० चैत्र

ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले सोमबार मुरली चौकमा अवस्थित सेनियर ब्लकमा आयोजित एक समारोह वीच अभिभावक दिवस मनाएको छ ।
प्रत्येक वर्ष विश्वमा जुन १ तारिखमा मनाइने अभिभावक दिवस ज्ञान गंगाले नव वर्ष २०८३ को अवसर पारेर मनाएको यस कार्यक्रममा उपस्थित सम्पूर्ण अभिभावकहरुलाई प्रमुख अतिथि बनाएर संस्थापक प्रधानाध्यापक प्रा.पवन कुमार साहले टीका तथा खाँदा लगाई विशेष सम्मान गर्नु भएको थियो । त्यसैगरी सोही कार्यक्रममा उपस्थित विशिष्ट अतिथि हनुमाननगर चौकीको जनपथ प्रहरी,जनकपुरधाम ई—सेवाको प्रतिनिधि अभिषेक झा,सिरहा जिल्लाको ई—सेवाको प्रतिनिधि,विद्यालयका शिक्षक तथा शिक्षिकाहरुलाई समेत विद्यालयको उपप्रधानाध्यापिका सोनी साहले टीका तथा खाँदा लगाई सम्मान गर्नु भएको थियो । कार्यक्रममा विभिन्न अभिभावकहरुले यस विद्यालयले अभिभावक दिवस मनाई हामीलाई विशेष सम्मान गरेकोमा हार्दिक कृतज्ञता व्यक्त गर्नुका साथै यस विद्यालयले आफ्ना बालबालिकाहरुलाई चौतर्फि ज्ञान दिएका कारण हामीहरु ज्यादै सन्तुष्ट तथा खुशी रहेको बताए । त्यसैगरी सो कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुले लोक नृत्य,स्वागत नृत्य तथा आफ्ना विचारहरु राखेका थिए । साथै अभिभावक दिवसको अवसरमा मनाईको स्पोर्टस वीकमा प्रथम,द्वितिय तथा तृतिय गर्ने विद्यार्थीहरुलाई मेडल प्रदान गरिएका थिए । कार्यक्रमको अध्यक्ष प्र.अ.साहले उपस्थित सबै प्रति आभार प्रकट गर्दै सबैलाई तालि बजाएर उच्च सम्मान गर्नु भएको थियो । नव वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै प्र.अ.साहले अभिभावकहरु विद्यालयका मेरुदण्ड रहेको बतानुभयो ।
