एसईई नतिजा : कति विद्यार्थीले ल्याए कति जीपीए ? – Jaleshwortoday

एसईई नतिजा : कति विद्यार्थीले ल्याए कति जीपीए ?

 May 12, 2026  
1

जलेश्वरटुडे समाचारदाता
काठमाण्डौं, २८ बैशाख

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा सबैभन्दा बढी जीपीए (३.६० देखि ४.००) ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३ सय ९२ रहेको छ ।

बोर्डले सोमबार साँझ प्रकाशित गरेको नतिजा अनुसार, ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये सबैभन्दा बढी जीपीए ४८ हजार बढीले ल्याएका हुन् ।

त्यस्तै, त्यसपछिको जीपीए (३.२० देखि ३.६०) सम्म ल्याउने विद्यार्थीको संख्या ८० हजार ३७२ रहेको छ ।

२.८० देखि ३.२० सम्मको जीपीए ल्याउने विद्यार्थीको संख्या ९४ हजार २२२ रहेको छ ।