२०८३/८४ को नीति तथा कार्यक्रमको अपेक्षा – Jaleshwortoday

२०८३/८४ को नीति तथा कार्यक्रमको अपेक्षा

 May 13, 2026  

आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा केही महत्वाकांक्षी लक्ष्यहरू पनि राखिएको छ । भ्रष्टाचारमा शून्य सहनशीलताको नीति, कृषि उब्जनीको न्यूनतम समर्थन मूल्य निर्धारण र अव्यवस्थित बसोबासको स्थायी व्यवस्थापन जस्ता विषयहरू यसमा पर्छ । वन अतिक्रमणको …रियल टाइमÚ अनुगमन गर्ने, देशलाई सडक बालबालिका मुक्त बनाउने, सबै आर्थिक कारोबारलाई नगदरहित बनाउने, ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खनन नियन्त्रण गर्ने र प्रदूषण नियन्त्रण गर्ने जस्ता योजनाहरू निकै चुनौतीपूर्ण रहेको देखिन्छ । यी घोषणा सुन्दा जति सहज सुनिन्छ, उपलब्धि हासिल गर्न उत्तिकै कठिन देखिन्छ । यद्यपि, यस नीति तथा कार्यक्रमले नेपालका केही वास्तविक सम्भावना र सत्यलाई पहिचान गर्न सफल भएका छन । नेपालको पिउने पानीलाई ब्रान्डिङ गर्न सकिने, साहसिक खेल र धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको, मुलुकभित्रै पर्याप्त रोजगारी सिर्जना गर्न सकिने र कृषिलाई आधुनिकीकरणमा रूपान्तरण गर्न सकिने तथ्यहरूलाई सरकारले स्विकारेको देखिन्छ ।
वन क्षेत्रको आर्थिक योगदान बढाउने, वर्तमान औद्योगिक नीतिलाई समयसापेक्ष परिमार्जन गर्ने र कार्यसम्पादन करारमार्फत शासकीय सुधार गर्ने जस्ता विषयहरूले आम नेपाली जनतामा समृद्धिको आशा जगाएको छ । समग्रमा, यो नीति तथा कार्यक्रम कार्यान्वयनको कसीमा सफल भएमा मुलुकले आर्थिक रूपान्तरणको बाटो समात्ने अपेक्षा गर्न सकिने देखिन्छ ।
देशमा एउटा नयाँ युगको शुरुवात हुनेमा कसैको दुई मत नरहेको देखिन्छ । नेपाल चौतर्फि रुपमा सबल तथा आत्मनिर्भर समेत रहने अपेक्षा गरिएको छ ।