बाल संस्कार पंचमहायज्ञको शुरुवात गर्ने निजि विद्यालयहरुमा ज्ञान गंगा पहिलो विद्यालयः विनय भाई – Jaleshwortoday

बाल संस्कार पंचमहायज्ञको शुरुवात गर्ने निजि विद्यालयहरुमा ज्ञान गंगा पहिलो विद्यालयः विनय भाई

 May 21, 2026  
1

सोनी साह
जनकपुरधाम, ६ जेठ
बाल संस्कार पंचमहायज्ञको शुरुवात गर्ने निजि विद्यालयहरुमा जनकपुरधामको मुरली चौक नजिकै अवस्थित ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुल पहिलो विद्यालय रहेको बैदिक पुरोहित श्री विनय भाईले बताउनु भएको छ ।
जेठ ९ गते शनिवार विद्यालय प्रांगनमा विहान ७ः३० बजेदेखि शुरु हुने यो बाल संस्कार पंचमहायज्ञ करिब २ घण्टा चल्ने बैदिक पुरोहित श्री विनय भाईले बताउनु भएको छ । वहाँले पंचमहायज्ञ अन्तर्गत ब्रह्मयज्ञ,देवयज्ञ,पितृयज्ञ,भूतयज्ञ र मनुष्ययज्ञको आयोजना गरिने बताउनु भयो । यी पाँच वटै यज्ञको आ—आफ्नै विशेषताहरु रहेकाले यसलाई शिक्षालयमा आयोजना गराउनाले शैक्षिक लाभको साथै विद्यार्थीहरुमा ज्ञान तथा संस्कारमा बढोत्तरी हुने प्रबल सम्भावना रहेको बैदिक पुरोहित श्री विनय भाईले जानकारी गराउनु भयो । जनकपुरधाममा यो पंचमहायज्ञ सार्वजनिक रुपमा पहिलो पटक ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलको आयोजनामा हुन गईरहेकोले यस विद्यालयसँग आबद्ध सम्पूर्ण अभिभावक,विद्यार्थी,गुरुवर्ग,कर्मचारी,स्थानिय पालिकाका अधिकारी,वडा अधिकारी,अभिभावक,शिक्षाप्रेमी,समाजसेवी,पत्रकार,सुरक्षाकर्मी तथा ईष्टमित्रहरुलाई समेत यसमा सहभागि हुनको लागि विद्यालयको संस्थापक प्रधानाध्यापक प्रा.पवन कुमार साहले हार्दिक आग्रह गर्नु भएको छ । यस विद्यालयले नवौं वर्षको यात्राको क्रममा अहिलेसम्म विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गर्दै आएको लामै ईतिहास रहेको सर्वविदितै हुँदाहुदै नव वर्ष २०८३ को राजर्षि जनक तथा माता सिताको पावन भूमिमा स्थापित यस शिक्षालयमा नव तथा अध्यात्मिक बाल संस्कार पंचमहायज्ञको प्रस्तुतिले सम्पूर्ण शिक्षाप्रेमी तथा मानवजातिको कल्याण हुने विशेष उद्देश्यका साथ यस अनुष्ठानलाई बैदिक पुरोहित श्री विनय भाईको निर्देशनमा संचालन हुन गईरहेको शुभ जानकारी प्र.अ.साहले गराउनुभयो ।