विविधतामा एकता,हाम्रो देश नेपालको विशेषता, मूल नाराको साथ ज्ञान गंगाले मनाए १९ औं गणतन्त्र दिवस – Jaleshwortoday

विविधतामा एकता,हाम्रो देश नेपालको विशेषता, मूल नाराको साथ ज्ञान गंगाले मनाए १९ औं गणतन्त्र दिवस

 May 30, 2026  
3

सोनी साह
जनकपुरधाम, १५ जेठ

ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले एक कार्यक्रम वीच विविधतामा एकता,हाम्रो देश नेपालको विशेषता भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रमहरु गरी १९औं गणतन्त्र दिवस मनाएको छ ।
सो कार्यक्रममा विद्यार्थीहरुले बकतृत्व कला,चित्रकला तथा नृत्यमा सहभागिता जनाएका थिए । कार्यक्रममा विद्यार्थीहरुले १९ औं गणतन्त्र दिवसले सबैलाई समान रुपमा अगाडी बढने अवसर प्रदान गरेका छन् भने यसले समग्र देशका जनतालाई प्रजातान्त्रिक मूल्य र मान्यताको पूर्णरुपमा आभास गराएको तर्क राखेका थिए । साना—साना नानीहरुले समेत विभिन्न किसिमका कविताहरु गुनगुनाएका थिए । सोहि क्रममा विद्यालयको वरिष्ठ शिक्षक विवेकानन्द झाले १८ वर्ष अगाडी २०६५ साल जेठ १५ गते राजतन्त्रको अन्त्य भई देशमा धर्मनिरपेक्षता तथा समावेशिताको जग बसेको देखिन्छ । अहिले सबै जात तथा समुदायले समान अधिकार तथा अवसर पाएका छन् भने देशमा प्रजातान्त्रिक मुल्य र मान्यताको अभ्यास पूर्ण रुपमा पालना भई रहेको बताउनु भयो । त्यसैगरी विद्यालयको प्रधानाध्यापक तथा संस्थापक प्रा.पवन कुमार साहले गणतन्त्र दिवसको अवसरमा सबैलाई हार्दिक बधाई दिनुका साथै हामी विविधतामा एकता खोज्ने वीर सपूत हौं तथा नेपाल र नेपालीको आन,बान र शान अरुले बताइ दिने देशका नागरिक हौ भन्नमा हामीलाई आज गर्व लागेको वहाँले बताउनुभयो । यता विद्यार्थीहरुले चित्रकला अन्तर्गत नेपाल झण्डा तथा अन्य विभिन्न किसिमका चित्रहरु बनाएर देशभक्तिको सन्देश दिएको कुरा शिक्षिका आरती झाले बताउनुभयो । विद्यार्थीहरुले नृत्य समेत गरेर गणतन्त्र दिवसलाई सार्थक तथा उदाहरणीय बनाउनमा सहयोग गरेका थिए ।