खरिहानीमा आजदेखि सन्तोषी पूजा मेला, भदौ २९ सम्म उत्सव – Jaleshwortoday

खरिहानीमा आजदेखि सन्तोषी पूजा मेला, भदौ २९ सम्म उत्सव

 September 11, 2026  
3

परमेश्वर साह
जनकपुरधाम, २६ भदौ

धनुषाको सबैला नगरपालिका–१०, खरिहानीमा आजदेखि सन्तोषी पूजा मेला उत्सव सुरु भएको छ । धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको मेला भदौ २९ गतेसम्म सञ्चालन हुने मेला समितिले जनाएको छ।

सन्तोषी माताको पूजा–आराधना तथा दर्शनका लागि विभिन्न स्थानबाट श्रद्धालु भक्तजन आउने अपेक्षा गरिएको छ। मेलाले स्थानीय धार्मिक तथा सांस्कृतिक वातावरणलाई थप उत्साहमय बनाउने आयोजकको विश्वास छ।
मेलामा सहभागी भई उत्सवको शोभा बढाइदिनुहुन सम्पूर्ण श्रद्धालु भक्तजन तथा आम नागरिकलाई मेला समितिले हार्दिक निमन्त्रणा गरेको छ।