संक्रमण रोक्न धनुषामा २५ जना भन्दा बढी व्यक्तिलाई एक ठाउँमा भेला हुन रोक – Jaleshwortoday

संक्रमण रोक्न धनुषामा २५ जना भन्दा बढी व्यक्तिलाई एक ठाउँमा भेला हुन रोक

 January 13, 2022  
CDO

जलेश्वरटुुडे समाचारदाता
धनुषा, २८ पौष

कोरोना संक्रमण बढ्दै गएपछि धनुषा प्रशासनले जिल्लामा २५ भन्दा बढी व्यक्तिलाई एक ठाउँमा उपस्थित हुन रोक लगाएका छन् ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसि)को सिफारिश र गृह मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय धनुषाले कोरोना संक्रमण फैलिन नदिनका लागि विभिन्न निर्णय गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले २५ जना भन्दा बढी मानिसको उपस्थिति हुने गरी कुनै पनि किसिमको मेला, भेला तथा महोत्सवहरु एवं सामाजिक लगायतका कार्यहरु नगर्न गराउन आदेश दिएका छन् ।त्यस्तै सार्वजनिक स्थानहरु (कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हाल, रंगशाला, हवाईयात्रा, पार्क आदि) मा प्रवेश गर्दा माघ ७ गते देखि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भएपनि हुने) निर्णय गरेका छन् । माघ ७ गते देखि जिल्ला भित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने प्रशासनले निर्णय गरेको छ । त्यस्तै स्वास्थ्य कार्यालय धनुषाले स्थानीय तहसँग समन्वय गरी सीमाना लगायत सार्वजनिक स्थानहरुमा निःशुल्क एन्टिजेन टेस्ट बुथहरु स्थापना गर्ने र नियमित परिक्षण गर्ने, गराउने निर्णय भएको प्रजिअ पौडेलले जानकारी दिएका हुन् ।