मगही भाषाको संरक्षणमा कुनै कसर बांकी राख्दैनः सांसद अरगरिया – Jaleshwortoday

मगही भाषाको संरक्षणमा कुनै कसर बांकी राख्दैनः सांसद अरगरिया

 October 14, 2020  
Maghi

जलेश्वरटुडे समाचारदाता
धनुुषा, २८ आश्विन

धनुषाको बटेशवर गाउँपालिकामा मगही भाषा सास्कृती तथा जागरण अभियान कार्यक्रम सम्पन्न भएको छ । उज्जवल युवा क्लवद्धारा आयोजित कार्यक्रममा संघीय सांसद उमाशंकर अरगरियाले मगही भाषा भाषीको जनसंख्या बढी भएर पनि मगही भाषालाई उपेक्षा गरिएको बताए । उनले मगहीको राजनिती स्तरमा कुनै संरक्षण सम्बर्द्धन नरहेको बेला सिंगो संसदमै एक्लै अवाज उठाउँदै आएको बताउँदै अगामी दिनमा समेत आवाज उठाइरहने बताए । कार्यक्रमको बिशिस्ट अतिथी नबल किशोर शरणले मधेसको अस्तित्वसंग जोडेको यो क्षेत्रको भाषा मगही भाषा र सास्कृती रहेकाले यसको संरक्षण आवश्यक रहेको बताए । कार्यक्रममा मगही गीतमा नृत्य ,लोग गीत , गायन झाखी ,लगायतका मगही सास्कृतिका गाथाहरु टीमद्वारा प्रदर्शनी गरिएको थियो ।