जलेश्वर अस्पतालका मेसु साहलाई घाइते बनाउनेलाई कारवाही गर्न माग – Jaleshwortoday

जलेश्वर अस्पतालका मेसु साहलाई घाइते बनाउनेलाई कारवाही गर्न माग

 January 27, 2022  
Arrest

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १३ माघ

जनकपुरधाममा जलेश्वर अस्पतालका मेसुलाई घाइते बनाउनेलाई कारवाही गर्न सरकारी चिकित्सक संघ (गोदान)ले माग गरेको छ । बिहिवार एक विज्ञप्ति जारी गर्दै गोदानले डा. सतिश साहमाथि कुटपिट गर्नेहरूविरुद्ध मानवअधिकार हनन, ज्यान मार्ने प्रयास र अत्यावश्यक सेवामा अवरोधको मुद्दा चलाउन माग गरेको छ । गोदानले उनीहरूलाई नियमानुसार गैरजमानी हिरासतमा राखी कारबाही गर्न पनि माग गरेको छ ।गोदानले डा. साह माथि भएको घटनाले स्वास्थ्यकर्मीलगायत सम्पूर्ण राष्ट्रसेवकको मनोबल घटाउने ठहर गरेको छ । बुधवार राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत मधेश प्रदेशमा भइरहेको निर्वाचन बिथोल्नका लागि डा. सीके राउत नेतृत्वको जनमत पार्टीले कयौँ गाडीमा तोडफोड गरेको थियो । बर्दिबास जाँदै गरेका डा. सतिश साहको गाडीमा तोडफोड गरेका थिए । सोही क्रममा डा. साह घाइते भएका थिए ।