मिथिला माध्यमिकी परिक्रमा मटिहानीबाट हिडेर बाबा जलेश्वरनाथको नगर जलेश्वरमा आइपुगेका छन् । परिक्रमा क्रममा पाल्नु भएका सम्पूर्ण आदरणीय साधुसन्तहरु पुजनीय छन् । यिनीहरुको दर्शन मात्रले हाम्रा धेरै समस्याहरु समाधान हुने भएकोले यिनीहरुलाई आवश्यक स्रोत साधनले सेवा गर्नु आवश्यक रहेको देखिन्छ । जलेश्वरको स्थानिय संघसंस्थाहरुले प्रत्येक साल विभिन्न खाद्यान्नका साथै दाउरा समेत बाँडने भएकोले साधुुसन्तहरुले यसको सुुविधा लिनु उपयोगी देखिन्छ भने दाता परिवारले कृतज्ञता बोध हुने देखिन्छ । मटिहानीबाट हिडेर आउने परिक्रमा बाटोमा पर्ने जलेश्वर न.पा.वडा नं.—४ सुगा भवानीपट्टी भएर आउने भएकोले मिथिला विहारी र किशोरी जीको दर्शन तथा पुजाआजा गर्ने सोभाग्य सबै स्थानियलाई प्राप्त हुने भएकोले डोलाको सत्कारमा कुनै पनि कमि हुन नदिनु सबैको दायित्व रहेको देखिन्छ । सो अवसरमा स्थानियद्वारा निःशुल्क भोजन,औषधी लगायत का सामाग्रीहरु वितरण गर्ने परिपाटी रही आएकोले साधुसन्त तथा श्रद्धालुहरुको सेवा हेतु निरन्तरता दिन आवश्यक रहेको देखिन्छ । जलेश्वर नगरपालिका लगायत स्थानिय जनताले समेत साधुसन्तहरुको सेवामा लाग्नु पुरुषार्थको असल नमुना भएकोले यो अवसरको फाइदा सबै लिनु आवश्यक रहेको देखिन्छ । अतिथि देवो भव ः
