जलेश्वरटुडे समाचारदाता
धनुषा, ९ भाद्र्र

जनकपुरधाममा भारतको जयपुरमा अवस्थित एपेक्स युनिभर्सिटिजमा पढाइने कोर्षहरुको बारेमा अन्तरक्रिया सहितको सेमिनार समपन्न भएको छ ।

सो युनिभर्सिटिजको नेपालको लागि डेपुटी रजिष्ट्रार अरपित जैनले यस विश्वविद्यालयबाट पढाइने विभिन्न विषयहरु सम्बन्धमा विस्तृत रुपमा

जानकारी गराएका थिए । जनकपुरधामको केरियर केयर कन्सलटेन्सि संचालक संजिव साहको सहकार्यमा सो कार्यक्रम समपन्न भएको थियो । कार्यक्रममा १२ कक्षा पछि विद्यार्थीहरुले नेपाल भन्दा सस्तो रकममा एचए लगायत पिएचडी

सम्मका कोर्षहरु पढन सकिने र प्लेसमेन्टको समेत व्यवस्था रहेको बताए । सो सेमिनारमा विभिन्न संकायका प्राध्यापक,शिक्षक,बुद्धिजिवि,विद्यार्थीहरु तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

