जलेश्वरटुडे समाचारदाता
धनुषा, २ पौष

ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले शनिवार विद्यार्थीहरुको शैक्षिक स्तर

बृद्धि गर्नगराउन तथा भौगोलिक ठाउँहरुको अवलोकन गराउँन शैक्षिक भ्रमण तथा

वनभोज कार्यक्रमको आयोजना गरेको छ ।

विद्यार्थीहरुलाई चौतर्फि ज्ञान दिनदिलाउनको लागि किताबी ज्ञान मात्र सम्भव

नरहेको विद्यालयको प्रधानाध्यापक प्रा.पवन कुमार साहले बताउनुभयो ।

विद्यार्थीहरु भनेको माटोको डल्ला हो र जसरी माटोलाई जुन आकार दिए त्यही

आकारको मूर्ति बन्छ,त्यसै गरी विद्यार्थीहरुलाई पनि सानै उमेरदेखि राम्रो ठाउँ र

वातावरणको अनुभूति तथा भ्र्रमण गराइयो भने तिनीहरु पनि हुने विरुवाको

चिल्लो पात झै राम्रो तथा जेहेन्दार बन्न सक्छ प्र.अ.साहले थप्नुभयो ।

सोही क्रममा ज्ञान गंगाले आफ्ना विद्यालयका विद्यार्थीहरुलाई धनुषा जिल्लाको

मिथिला नगरपालिका अन्तर्गत पोखरीया भन्ने पर्यटकीय ठाउँको भ्रमण गराएका

छन् । विद्यार्थीहरुले त्यस ठाउँको मनोरम प्राकृतिक छटाहरुलाई हेरी दङग परेका

थिए भने कृत्रिम रुपमा बनाइएको पोखरीहरु तथा विरुवाहरुको व्यवस्थापनले

भोलि गएर भविष्यमा आफ्नो ठाउँलाई पनि यसरी नै पर्यटकीय रुपमा अगाडी

बढाउन पाए स्थानिय विकास सम्भव हुने अंंग्रजी विषयको शिक्षक सरोज कुमार

झाले विद्यार्थीहरुलाई प्र्रेरणा दिनुभयो । विद्यार्थीहरुले शैक्षिक भ्रमण तथा

वनभोज एकैचोटि गर्न पाउँदा औधि मनपराएका थिए । कार्यक्रममा संलग्न

शिक्षक,शिक्षिका तथा कर्मचारीहरु समेत ज्यादै नै प्रसन्न तथा उत्तरदायि

देखिएका थिए । कक्षा ८ मा अध्ययनरत धिरेन्द्र पंडीतले यस्ता कार्यक्रमहरुले

हामीलाई ज्यादै नै उर्जा प्राप्त भएको बताए ।














