मधेश प्रदेश सरकारले सवारी साधनको मर्मतको नाममा चार वर्षमा १८ करोडभन्दा बढी रकम गरे स्वाहा – Jaleshwortoday

मधेश प्रदेश सरकारले सवारी साधनको मर्मतको नाममा चार वर्षमा १८ करोडभन्दा बढी रकम गरे स्वाहा

 February 12, 2023  
tt

जलेश्वरटुडे समाचारदाता
धनुषा, २९ माघ

मधेश प्रदेश सरकारले सवारी साधनको मर्मतको नाममा चार वर्षमा १८ करोडभन्दा बढी रकम खर्च गरेको खुलेको छ । मधेश सरकारले आर्थिक वर्ष २०७५/७६ देखि २०७८/७९ सम्ममा सवारी साधन मर्मत खर्च वापत १८ करोड २० लाख १२ हजार १४३ रुपैयाँ खर्चेको प्रदेश लेखा कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७५/७६ मा सवारी साधन मर्मत खर्च वापत ३ करोड ३९ लाख २८ हजार २४१, आव २०७६/७७ मा ४ करोड ४ लाख ७७ हजार ६१८, आव २०७७/७८ मा ४ करोड ९२ लाख ६३ हजार ५१२ रुपैयाँ मधेश सरकारले सवारी साधन मर्मत वापत खर्च गरेको छ । यस्तै गत आव २०७८/७९ मा ५ करोड ८३ लाख ४२ हजार ७७२ रुपैयाँ सवारी साधन मर्मत वापत खर्चेको प्रदेश लेखा कार्यालयको तथ्यांक छ ।