‘पीडित संघ’ खोल्ने कि राष्ट्रनिर्माता शक्ति बनाउने ? - Jaleshwortoday

Slot machines based on skill

  1. Free Spins No Deposit New Zealand Online Casino World: If you think people learn from mistakes, youre mistaken.
  2. Free Slots Casino Games For Fun - Keep an eye out for scatters, as three or more of these will take you to the Jimi Hendrix pokies Pick and Click Feature.
  3. Game Of Casino: Games created by these developers have been added to Solid Gamings library to deliver a wider variety of casino games catered specifically to its client operators in a number of Asian countries.

Crypto Casino in oc Gold Coast

Play Casino Online United Kingdom
Both US and non-USA players are welcomed at this online casino destination, with strong support for most regions through the casino's banking suite.
Poker Stars Casino 100 Free Spins Bonus 2025
Just click on the Chat icon in the bottom right corner to start a conversation with any of their agents.
They consider the most important factors that make a top-rated operator.

Captain jack crypto casino promo codes

200 First Deposit Casino
They are also audited by approved testing agencies like eCOGRA to protect every online gamer.
How Much Is Spent Online Gambling New Zealand
I feel that It should be a gift for registrying and if you like it you pay .I don't agree to the min being 25.0 really.
Casino United Kingdom Area Code

‘पीडित संघ’ खोल्ने कि राष्ट्रनिर्माता शक्ति बनाउने ?

 २९ माघ २०७९, आईतवार २०:५३  
hh

डम्बर खतिवडा

मान्छेको जिन्दगी न हो, अनेक दुर्दशा र तमासाबीच गुज्रिनुपर्छ । कसैको दुर्दशा कसैका तमासा बन्छन्, कसैका तमासा कसैका दुर्दशा ।

करिब १ दशक अघिको कुरा हो । त्यतिबेला सुनसरी नै बस्थेँ । अनेक कामले बेलाबेला काठमाडौं आइरहनु पर्थ्यो । काठमाडौं आउँदा मेरा दुई नजिकका मित्रहरूको एक ‘दुर्दशा’ मेरा लागि तमासाजस्तो बन्थ्यो ।

त्यतिबेला सुधीर बस्नेत नामका एक नयाँ धनाढ्य बढो चर्चामा थिए । अर्थतन्त्रका सबैजसो क्षेत्रमा उनको लगानी भएको र ती संकटग्रस्त हुँदै गएको सामाचार आइरहन्थे । पछि उनी पक्राउ परेको, ठगी मुद्दा लागेको सुनियो । अचेल सुधीर बस्नेत प्रकरण कहाँ पुगेको छ, के कसरी टुंगियो वा त्यसै अलपत्र छ, थाहा छैन ।

मेरा दुई नजिकका मित्रहरूले भने उनलाई निर्माणाधीन अपार्टमेन्टको फ्ल्याटको अग्रिम भुक्तानी स्वरूप त्यतिबेला क्रमशः १५ र २८ लाख रकम बुझाएका थिए । तर, बस्नेतका ती अपार्टमेन्ट कहिल्यै बनेन । उनीहरूको पैसा डुब्यो । उनीहरूले एक संस्था र कमिटि बनाएका थिए–‘सुधीर बस्नेत पीडित संघ’ र मेरा ती दुवै मित्रहरू त्यो संस्थाका कार्यकारी सदस्य थिए ।

‘पीडित संघ’ को बैठकमा म पनि जान्थेँ, साथीहरूसँगै ‘टाइम पास’ गर्न । शुक्रबार हो वा शनिबार उनीहरूको बैठक हुन्थ्यो, पीडित संघको कार्यालयमा । सुधीर बस्नेत पीडित संघको साइनबोर्ड त्यही घरमा लागेको थियो, जहाँ ‘अग्नि एयर’ को कार्यालय थियो । अर्थात् त्यो घर बस्नेत कै ‘बिजनेस प्रेमिसेस’ थियो र त्यसैको एक कोठामा ‘पीडित संघ’ को अफिस पनि ।

बैठकमा ६०–७० सम्म मानिस भेला हुन्थे । पीडकको बारेमा गरमागरम बहस गर्थे । उनलाई कसरी तह लगाउने र डुबेको पैसा कसरी फिर्ता पाउने भनेर अनेक जुक्ति र उपाय निकालिन्थे । बैठककै बीचमा चियानास्ता आउँथ्यो । त्यो पनि बस्नेतकै तर्फबाट । बैठकको बीचबीचमा बस्नेतका एक कार्यालय व्यवस्थापक आउँथे र बैठकलाई अनेक सुझाव दिन्थे ।

‘सरले यसो भन्नु भएको छ, उसो भन्नु भएको छ’ भनेर ‘पीडित संघ’ लाई बस्नेतको सन्देश सुनाउँथे । ‘तपाईंहरूले यसो गर्नु राम्रो उसो गर्नु राम्रो, यस्तो निर्णय माइन्युट गर्नु राम्रो, उस्तो निर्णय नगर्नु राम्रो’ भनेर सल्लाह दिन्थे । नभन्दै ‘पीडित संघ’ ले सुझाव अनुसार नै गर्थ्यो ।

बैठक हलको एक कुनामा साथीहरूलाई पर्खिबस्दा म यो सबै प्रक्रिया हेर्थे र मनमनै हाँस्थे । बस्नेतकै घरमा बस्नेत पीडित संघको कार्यालय, उनकै चियानास्ता र उनकै मान्छेको सुझाव अनुसारको माइनट । पीडित संघ लामै र राम्रै चल्ला जस्तो देखिन्थ्यो । र, यो प्रक्रिया मलाई भने ‘तमासा’ जस्तो लागेको थियो ।

पीडित संघजस्ता ससाना, संकीर्ण सोच भएका बग्रेल्ती राजनीतिक समूहको यो देशमा कुनै काम छैन । ती बेकामे प्रयत्नहरू हुन् । त्यसमा खर्चिएको श्रम खेर जाने श्रम हो

नभन्दै समस्या हल भएन । साथीहरूको पैसा डुब्यो । पीडितहरू बैठक बस्न छोडे, तितरबितर भए । पीडित संघको साइनबोर्ड अहिले त्यहाँ छैन होला । मेरा साथीहरूलाई यो घटना सम्झायो भने हाँस्छन् र ‘भो, छोडिदिनुस् त्यो कुरा’ भन्छन् । उनीहरूले त्यो बेलाको त्यति ठूलो रकम माया मार्दिएका छन् ।

राजनीतिक घटनाक्रममा पनि यो उदाहरण मलाई निक्कै गतिलो लाग्दछ । देशमा एक से एक अमूक व्यक्ति ‘पीडित संघ’ को साइनबोर्ड देख्छु, त्यही विचार र विरासतको घर कम्पाउन्डमा । तिनको तर्क, विश्लेषण, एजेन्डा, संस्कार र संस्कृतिको चियानास्ता पनि त्यतैबाट आउँछ । रणनीति, कार्यनीति र कार्यशैलीको सुझाव पनि उतैबाट आउँछ । तर, ती पीडित संघ बनाएर लड्दैछन्, त्यहीसँग ।

एउटा पार्टी छ, नेकपा (एकीकृत समाजवादी) नामको । यथार्थमा त्यो ‘ओली पीडित संघ’ हो र माधव नेपाल ‘ओली पीडित संघ’ को अध्यक्ष हुन् । नेकपा वैद्य र विप्लवलाई ‘प्रचण्ड पीडित संघ’ भन्न सकिन्छ । ‘विवेकशील साझा’ र ‘विवेकशील पार्टी’ नामका ससाना समूह छन्, देशभरिबाट ५ हजार भोट नकटाउने, यथार्थमा ती पनि पार्टी हैनन्, ‘रवीन्द्र मिश्र पीडित संघ’ हुन् ।

अर्को कम्युनिष्ट समूह छ धुरन्धर विद्वान मित्र आहुतिको नाममा त्यो ‘नारायणकाजी पीडित संघ’ हो । विस्तार अब ‘रवि लामिछाने पीडित संघ’ खुल्ला, त्यस्तै सुन्दैछु ।

केही महिना अघि सुदुरपश्चिमतिर जाँदा कैलाली कञ्चनपुरका केही साथीहरूसँग भेट भएको थियो, उनीहरू ‘विप्लव पीडित संघ’ खोल्ने तयारी गर्दै थिए । त्यता खुल्यो खुलेन, यता कमरेड कञ्चन र सुर्दशनले भने खोलेका थिए, खै कता पुग्यो ।
लोसपा, जनमतलगायत मधेशका अनेक सानातिना समूह ‘उपेन्द्र यादव पीडित संघ’ हुन् । यादवले ‘यादववाद’ गरे भन्नु बाहेक तिनको अरु कुनै कुरा, मुद्दा, विचार, एजेन्डा केही हुँदैन ।

धन्न, कांग्रेसमा चाहिँ यो नौबत छैन, नत्र शेखर कोइराला, गगन थापाहरूले यतिखेरसम्म ‘देउवा पीडित संघ’ खोली सकेका हुन्थे । त्यहाँ पीडित संघको साटो ‘गुनासो केन्द्र’ नै काफी भइरहेको छ । ‘गुनासो केन्द्र’ चाहिँ त्यहाँ पनि चलेकै छ ।
डा. बाबुराम भट्टराईले नयाँ शक्ति बनाएर साँच्चै नयाँ शक्ति बनाउन खोजेका हुन् भन्ने लागेको थियो, हैन रहेछ, त्यो पनि ‘प्रचण्ड पीडित संघ’ कै अर्को घटक रहेछ । त्यो पीडित संघ थियो कि राष्ट्र निर्माण गर्ने नयाँ पार्टी भन्ने बेलैमा बुझ्न नसक्दा हामीले पनि सात वर्ष ‘प्रचण्ड पीडित संघ’ को सदस्य भएर खेर फाल्यौं, दुनियाँका नजरमा ‘अच्छा बेवकुफ’ सावित भयौं ।

अहिले पनि मदन राई, वीरेन्द्र पोख्रेल, प्रशान्त सिंह, अशोक श्रेष्ठ, नारायण खनाल लगायतको एउटा ससानो समूह छ हाम्रो ‘बाबुराम पीडित संघ’ खोल्न र त्यसको केन्द्रीय समिति बनाउन पुग्ने । धेरैले ‘किन ढिलो गरेको, तिमेरुको खोइ ? तिमेरु त हरायौं त ?’ भनेर प्रश्न गर्छन् । तर, हामीले भने जानीजानी, सयौंपटक सोची विचरी ‘बाबुराम पीडित संघ’ नबनाउने, त्यसैको विरासतको घरकम्पाउन्डमा साइनबोर्ड नटाङ्ग्ने र संस्कार, संस्कृतिको चियानास्ता, कार्यशैलीको सुझाव उतैबाट नलिने निर्णय गरेका छौं ।

किनकि पीडित संघ राष्ट्र निर्माण र राज्य सञ्चालन गर्न सक्ने पार्टी बन्न सक्दैन भन्ने कुरा हामीअघिका सबै उदाहरणबाट पुष्टि भइसके । फेरि त्यही अभ्यास किन र कसका लागि दोहोर्‍याउने ? अहं तुष्टिका लागि ? भो, त्यो पर्दैन ।

ज्यां–पाल सात्रको अस्तित्ववादी दर्शनले भन्छ, ‘कुनै पनि मान्छेको गाथा उसको नियतिको हैन, निर्णयको कथा हो । मान्छे के हुन्छ वा बन्छ, त्यो स्वयं उसको निर्णयले निर्धारण गर्दछ ।’ सात्र्र स्वयं फ्रान्सेली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य थिए । यदि उनले त्यो पार्टी र विचारको विरासत छोड्ने निर्णय गर्दैनथे त उनी विश्व विख्यात दार्शनिक हुँदैनथे । न त नोबल पुरस्कार पाउने र अस्वीकार गर्न सक्ने आँट भएको महान लेखक हुन सक्थे ।

अस्तित्ववादी दार्शनिक धारामा मान्छेको निर्णयको संवेदनशीलतालाई बुझाउने एउटा बढो रोचक कथा छ । सात्र आफ्ना लेख र प्रवचनमा समेत यो कथाको प्रयोग गर्थे । कथामा एक सिपाही हुन्छ । उसको देश र छिमेकी शत्रु देशबीच युद्ध हुने निश्चित हुन्छ । युद्ध मैदानमा कोको मरिन्छ, बाँचिन्छ, कुनै टुंगो छैन । युद्ध मैदानको अग्रमोर्चामा पठाइने सैनिक टुकडीका सिपाहीलाई एक महिनाको छुट्टी दिएर आफन्तहरूलाई भेट्न घर पठाइन्छ ।

कथाको नायक एक सिपाही घर जान्छ । घरमा एक्ली आमा बाहेक कोही छैन । उसको परिवार संचरना नै त्यस्तै थियो । आमा र एक्लो छोराबाहेक परिवारमा अरु कोही थिएन । ठीक यही एक महिनाभित्र उसकी आमा बिमारी र बुढ्यौलीले थला पर्छिन् । विदा सकियो । अब भोलि बिहान घर छोडेर हिंड्नुछ । ओछ्यानमा मुर्छित आमा अन्तिम सास फेर्दैछिन् ।

यस्तो बेला त्यो सिपाहीले के निर्णय गर्छ वा गर्नु पर्दछ भन्ने कुराको कसैले सुझाव दिन सक्दैन । त्यो निर्णय उसको आफ्नै हृदयले गर्नुपर्ने हुन्छ । यदि ऊ सेनामा नर्फिकएर आमा रुंगेर बस्यो भने उसको गाथा एक मातृभक्त छोरोको बन्ने हो । यदि त्यस्तो अवस्थामा आमालाई छोडेर युद्ध मैदानमा गयो भने उसको गाथा देशभक्त सिपाहीको बन्नेछ ।

त्यो सिपाही मान्छेको इतिहास वा जीवनगाथा भविष्यमा मातृभक्त बन्ला वा देशभक्त ? त्यो स्वयं उसको निर्णयमा भर पर्दछ ।

मान्छेको जीवनमा आउने सबै क्षण यत्तिकै पेचिला हुन्छन् भन्ने हैन । जब पेचिला क्षण आउँछ, उसलाई भगवानले पनि सही सुझाव दिन सक्दैन । अर्थात् पेचिला क्षणको अर्थ– सुझावको सीमा वा सान्दर्भिकता अन्त्य हुनु हो । जब कुनै पनि सुझावले काम गर्दैन भने त्यहाँ पुगेर मान्छेले आफ्नो निर्णय आफैँ गर्नुपर्दछ, र आफ्ना गाथाको रचना पनि आफैँ गर्नुपर्दछ ।

यतिका धेरै ‘पीडित संघ’ किन र केका लागि खोलिएको हो ? यी खोले बापत कुनै राम्रो योगदान भएको छ त देशलाई ? पीडा दिनु हुन्थ्यो, हुँदैनथ्यो, त्यो पीडकहरूको निर्णय हो । उनीहरूको त्यही निर्णयले त्यही बमोजिमको इतिहास र गाथा बन्छ । त्यो इतिहास र गाथाका लागि स्वयं उनीहरू जिम्मेवार हुनेछन् ।

तर, ‘पीडित संघ’ खोल्ने नखोल्ने त्यो हाम्रो निर्णयको कुरा हो । यसको इतिहास र गाथा हाम्रो निर्णयले निर्धारण गर्दछ । पीडित संघ खोलेर आखिर भयो के ? त्यही आत्मतुष्टि ? त्यो कुन ठूलो र गतिलो उपलब्धि हो ? अहंतुष्टि यदि उपलब्धि नै हो भने पनि संसारकै सर्वाधिक निम्नकोटीको उपलब्धि हो ।

तसर्थ पीडित संघजस्ता ससाना, संकीर्ण सोच भएका बग्रेल्ती राजनीतिक समूहको यो देशमा कुनै काम छैन । ती बेकामे प्रयत्नहरू हुन् । त्यसमा खर्चिएको श्रम खेर जाने श्रम हो ।

हिगेलले बारम्बार प्रयोग गरेको एउटा शब्दाबली छ–‘डिफ्रेन्सिया इस्पेसिफिका’ । अर्थात् तिमी विशिष्ट हुन कुनै नयाँ योगदान गर्न चाहन्छौं भने पहिलो कुरा फरक हुन सिक । यदि फरक हुन सक्दैनौ भने कसैले गरिसकेको पुरानै काम दोहोर्‍याउँदै हुन्छौ, कुनै नयाँ काम गर्न सक्दैनौं भने तिम्रो कुनै फरक पहिचान पनि बन्दैन ।

माधव नेपालको पार्टीले एमाले भन्दा कुनै फरक गर्न सक्ला ? त्यही एउटा ओलीप्रतिको रिस बाहेक के फरक छ यी पार्टीमा ? विप्लव, वैद्यले खै के नयाँ गरे प्रचण्डलाई छोडेर, बाबुराम पनि आखिर फर्किएर फेरि प्रचण्डसँगै पुगे ।

मधेशका अनेक समूह उपेन्द्र यादवलाई रिस गर्छन्, तर उनीहरूको मनमा अर्को उपेन्द्र यादव कसरी हुन सकिएला भन्ने मात्रै ध्याउन्न हुन्छ । रवीन्द्र मिश्रले रसातल पुर्‍याएको एक बदनाम विरासत बोकेर विवेकशील साझाले खै के नै गर्ला ?

राजनीतिमा कुनै पुरानाप्रतिको प्रतिक्रिया, असन्तुष्टि र गुनासो मात्र पर्याप्त हुँदैन । त्यो क्षणिक हुन्छ । बस्नेत पीडित संघका सदस्यजस्तै त्यसका सदस्य केही समयपछि तितरबितर हुन्छन् । जीन्दगीभरि सम्झिनु र दुखित हुनु भन्दा पुरानो घाटा बिर्सिदिन्छन् बरु । नयाँ संभावना र पेशाबाट त्यो घाटा पूर्ति गर्न खोज्दछन् तर जिन्दगीभरि पीडित संघ रुंगी बस्न सक्दैनन् ।

तसर्थ यदि विकल्प दिने हो भने अलिक ठूलो चित्त गरेर सार्थक विकल्प दिन सक्नु पर्‍यो । फराकिलो छाती चाहियो । भिन्न हुन सक्ने आँट र गौरव हुनुपर्‍यो । ‘रिएक्टिभ’ मात्र हैन, ‘प्रोएक्टिभ’ वा ‘क्रिएटिभ’ हुन सक्ने साहस चाहियो ।

‘पीडित संघ’ हरू विघटन वा खारेज गर्ने र त्यसको विरासतको घरआँगन बाहिर अर्को घरकम्पाउन्ड बनाउने योजना हुन पर्‍यो ।

यावत पीडित संघका साथीहरू ! गर्ने हो त त्यसो ?