महाशिवरात्रीको अवसरमा मधेशका मुख्यमन्त्री तथा मन्त्रीले गरे जलेश्वरमा पुजापाठ – Jaleshwortoday

महाशिवरात्रीको अवसरमा मधेशका मुख्यमन्त्री तथा मन्त्रीले गरे जलेश्वरमा पुजापाठ

 February 19, 2023  
kk

राकेश प्रसाद चौधरी
महोत्तरी,६ फागुन

No description available.

महाशिवरात्रीको अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, उद्योग, पर्यटन तथा वन मन्त्री सुनिता यादव लगायतले जलगुफाभित्र रहेको जलेश्वर महादेवको पुजापाठ गरेका छन् ।

No description available.
गुफाभित्रको जल निकालिएको समयमा मुख्यमन्त्री लगायत मन्त्री एवं विशिष्ठ अतिथिहरूले जलेश्वर महालिङ्गको पुजापाठ गरेका छन् । नेपाली सेना तथा सशस्त्र प्रहरीले केही घण्टाको फरकमा दिनभर जल निकालेर दर्शनार्थीहरूलाई महादेवको पुजापाठ गर्न सहज बनाउन खटिएका छन् ।

No description available.
मन्दिरमा आउने विशिष्ठ अतिथिहरूलाई जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारले स्वागत तथा सम्मान गरिरहेका छन् । जलेश्वर महादेवको दर्शनपछि मुख्यमन्त्री यादवले यस मन्दिरको बिकासका लागि प्रतिबद्धता ब्यक्त गरे । त्यस्तै उद्योग, पर्यटन तथा वन मन्त्री सुनिताले जलेश्वर महादेव मन्दिरसहितको क्षेत्रलाई उत्कृष्ट पर्यटकीयस्थल बनाउन स्थानीय पालिकासँग सहकार्य गर्ने आश्वासन दिइन् ।

No description available.
भगवान शंकरले मयदानवको त्रिपुर भष्म गरेपछि ज्वाला उत्पन्न भएको थियो । स्वयं रुद्रले जलबाट ज्वालालाई शान्त गरि महालिङ्गको रुपमा स्थापना गरेको कारण जलेश्वर भएको धार्मिक ग्रंथहरूमा उल्लेख रहेको पुजारी उपेन्द्र पाठकले बताए । मिथिला महात्म्यममा यस महादेवलाई सिद्धिदायक भनेर समेत सम्बोधन गरिएको छ ।