पर्वतामा परिक्रमालाई भव्य स्वागत,आज धनुषाधाममा – Jaleshwortoday

पर्वतामा परिक्रमालाई भव्य स्वागत,आज धनुषाधाममा

 February 28, 2023  
ss

जलेश्वरटुडे समाचारदाता
धनुषा, १६ फाल्गुण

१५ दिने मध्यमा मिथिला परिक्रमा धनुषा जिल्लाको पर्वता आईपुगेको छ । सोमबार महोत्तरीको कञ्चनवनमा पुगेर होली खेलेका परिक्रमा यात्री रात्रि विश्राम गरेका थिए ।
बिहानैदेखि परिक्रमा धनुषाको पर्वताका लागि प्रस्थान गरेको हो । पर्वतामा महादेवको ऐतिहासिक मन्दिर रहेको छ । आज यहाँ आइपुग्ने परिक्रमा यात्री पूजाअर्चना गर्ने छन् । मिथिला विहारी अर्थात भगवान राम तथा किशोरी जी अर्थात माता जानकीको डोलासँगै हजारौँ तीथ यात्रीहरु खाली खुट्टा भजन कीर्तनसहित यात्रा गरी रहेका छन् । फाल्गुण शुक्लपक्ष प्रतिपदा तिथिका दिन जनकपुरधामको हनुमान गढीबाट शुरु भएको मध्यमा मिथिला परिक्रमाका यात्रीहरु नेपाल भारतको एक सय ३३ किलोमिटरको दूरी १५ दिन लगाएर पुरा गर्ने गरेका छन् । परिक्रमामा सहभागी भएर १५ वटै धार्मिकस्थलको भ्रमण गरेको खण्डमा परिवार जनको कल्याणका साथै विशेष फल प्राप्त हुने जन विश्वास रहेका कारणले यस यात्रामा नेपाल भारतका लाखौँ भक्तजन सहभागी हुने भएकाले यसलाई महाकुम्भ पनि भन्ने गरिन्छ ।