बर्दिवासको जग्गा वर्गीकरणले स्थानीयलाई राहत - Jaleshwortoday

Online cryptocurrency casino deposit via sms

  1. Hyeres Casino No Deposit Bonus 100 Free Spins: Choose your own favourites for yourself by playing the progressive jackpots for free at top-quality South African online casinos and then switching to real money play, for the chance to win life-changing amounts of money.
  2. Free Slots Games Bonuses New Zealand - Once your entire bonus amount has been rolled over 5x, you'll be able to withdraw the amount as real money.
  3. Casino Free 3 Pound No Deposit Pc: First and foremost, regulators needed to ensure their geofencing system is working correctly.

How to pick larger payout slot machines at the crypto casino

Slot Milky Ways By Nolimit City Demo Free Play
To do this, we consider the graphics, the special features and bonus rounds, fairness, and more.
Spartacus Slot Uk
Rock The Cash Bar has a lot of standard features but will use them slightly differently when it comes to activating them.
To get started, click here to visit the Royal Ace Casino and register your new account.

Pokies in warragul

Baccarat Best Casino
The games you can play here include Spectre Estate, Reel King Mega, Aloha.
Online Casino Available In Australia
Then check out the Joker 40 slot by Synot Games.
Club Australia Casino Bonus Code

बर्दिवासको जग्गा वर्गीकरणले स्थानीयलाई राहत

 २८ फाल्गुन २०७९, आईतवार २२:३१  
tt

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २८ फाल्गुण

बर्दिबास नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको छ । भू–उपयोग नियमावली २०७९ ले निर्देश गरेको मापदण्डको आधारमा जग्गा वर्गीकरण सम्पन्न गर्ने बर्दिबास मधेस प्रदेशकै पहिलो स्थानीय तह भएको जनाइएको छ ।

वर्गीकरण विवरणअनुसार नगरपालिकाको कृषि क्षेत्र भने १४ प्रतिसतले घटेको छ भने सबै भन्दा बढी वन क्षेत्र देखिएको छ । नगर प्रमुख प्रह्लाद क्षेत्रीले वर्गीकरणको अभावमा रोक्का रहेका जग्गा कारोबार अव सुचारु हुने बताउनु भयो । उहाँले नगर क्षेत्रको करिब ३१५ वर्ग किलोमिटर क्षेत्रलाई भू–उपयोगको स्थितिअनुसार विभिन्न १० क्षेत्रमा वर्गीकरण गरिएको जनाउनु भयो ।

‘हामी छिटै वर्गीकरण विवरण मालपोत तथा नापी कार्यालयमा हस्तान्तरण गर्छौ, त्यसपछि बर्दिबासमा अवरुद्ध जग्गा कारोबार सुचारु हुन्छ’ क्षेत्रीले भन्नु भयो । जग्गा वर्गीकरण परामर्शदाता स्मार्ट सिटी बुइल्डर्सका कार्यकारी प्रमुख मोहन राउतका अनुसार भू–उपयोग क्षेत्र वर्गीकरण पश्चात् सवैभन्दा बढी वन क्षेत्रमा १८ हजार ८७३ हेक्टर क्षेत्रफल कायम गरिएको छ । त्यसपछि कृषि क्षेत्रमा पाँच हजार ४८३ हेक्टर र नदी खोला तथा सिमसार क्षेत्रमा दुई हजार ९२६ हेक्टर जग्गा छ ।

आवासीय क्षेत्रमा दुई हजार ७०७, व्यावसायिक क्षेत्रमा ८८४ हेक्टर, सार्वजनिक उपयोगको क्षेत्रमा ६४९ हेक्टर, सांस्कृतिक पुरातात्त्विक क्षेत्रमा साढे ५ हेक्टर, खानी तथा खनिज क्षेत्रमा १० दशमलव ८६ हेक्टर र सबैभन्दा कम औद्योगिक क्षेत्रमा शून्य दशमलव १७ हेक्टर जग्गा वर्गीकरण गरिएको छ ।

भू–उपयोग ऐन २०७६ र नियमावली २०७९ ले तोकेको मापदण्डको आधारमा वर्गीकरण गर्दा बर्दिबासमा सबैभन्दा बढी कृषि क्षेत्रको जग्गा घट्ने क्रममा रहेको देखिएको छ । परामर्शदाता स्मार्ट सिटी बुइल्डर्सका कार्यकारी प्रमुख राउतकारअनुसार साबिकमा रहेको आठ हजार १३९ दशमलव १८ हेक्टर कृषि क्षेत्र १४ प्रतिशत अर्थात् दुई हजार ६५५ दशमलव ४९ हेक्टरले घटेको छ ।

अर्कोतर्फ नदी खोला तथा सिमसार क्षेत्रका सविकको तीन हजार ६४३ हेक्टरमध्ये ७१७ हेक्टर भूमिमा सेवा प्रदायक कार्यालय स्थापना, विकाश निर्माणमा उपयोग गरिएको राउतले जनाउनु भयो । वगिकरणका क्रममा वन क्षेत्रमा भने दशमलव शून्य १ प्रतिसतले मात्र कमी देखिएको छ । राउतले नगर क्षेत्रको जग्गा वर्गीकरण भू उपयोग ऐन र नियमावलीले तोकेको मापदण्डअनुसार बैज्ञानिक ढंगमा गरेको दाबी गर्नु भयो । ‘भू उपयोग क्षेत्र परिवर्तन गर्नु परे सम्बद्ध जग्गाधनीले आवश्यक विवरणसहित नगरपालिकामा निवेदन दिन सक्छन्’ उहाँले बताउनु भयो ।

जग्गा वर्गीकरणका लागि नगरपालिकामा दवाब र अभियान सञ्चालन गर्दै आउनु भएका स्थानीय समाजसेवी पोषण थापाले कित्ता काट रोक्काले सृजना गरेका समस्या वर्गीकरणले समाधान गरेको बताउनु भयो । जग्गा वर्गीकरण नभएकै कारण धितो राखेर ऋण पाउन गाह्रो भएपछि सर्वसाधारणको उपचार, बिहेवारि, छोराछोरीका पढाई, अंशबन्डा जस्ता अत्यावश्यक सामाजिक कार्य बाधित भएकोले जन सहभागितामा दबाबमूलक अभियान सञ्चालन गर्नु परेको बताउनु भयो । उहाँले जग्गा कारोबार ठप्प हुँदा नगरपालिकाको आन्तरिक श्रोतसमेत घटेको बताउनु भयो ।

‘वर्गीकरणले बर्दिबासका नगर वासीले राहतको सास फेरेका छन्’ थापाले भन्नु भयो ‘यसले नगर क्षेत्रको व्यापार, व्यवसाय र पर्यटन उद्योगमा पनि लगानी बढाउन सहज पारेको छ ।’ विगत केही समयले कृषि प्रयोजनका अधिकांश जग्गा घर तथा आवास क्षेत्रका लागि प्रयोग हुन थालेपछि सरकारले भू उपयोग नियमावली मार्फत नियमन गर्नका लागि जग्गा वर्गीकरणलाई अनिवार्य गरेपछि केही समयका लागि सर्वसाधारणले दुख पाएको नगर प्रमुख प्रह्लाद क्षेत्रीले बताउनु भयो ।

‘वर्गीकरणपछि नापी, मालपोत र वित्तीय संस्थाका काम पुन. लयमा फर्कने अपेक्षा गरेका छौ’ नगर प्रमुख क्षेत्रीले भन्नु भयो ।