महोत्तरीमा सुक्न थाल्यो पानीको मुहान - Jaleshwortoday

Vegas roulette payout

  1. Cash Back Casinos New Zealand: Keep the following tips in mind when you enter your next online tourney and your chances of becoming one of the best poker players in the world or pokies Grand Master will surely improve.
  2. Boo Casino Bonus Codes 2025 - Nothing really beats 120 free spins or a similar bonus, where you can try your favorite pokies for free.
  3. Free Slot Apps: Naturally, Bitcoin is the fastest way to get paid while other methods can take up to 10 business days.

Online blackjack make money

Best Online Casinos To Play Australia
Early and absentee voting is already underway.
Best Online Casino That Accepts Pay By Phone Deposits
Moreover, you can largely benefit from ongoing deals designed to boost your bankroll with ease.
This Casino has an online version for betting through the site and online, and people can have bets for a variety of sports in this Casino and win prizes.

When can you split and double in blackjack

Slot Gates Of Valhalla By Pragmatic Play Demo Free Play
The same identical symbols can appear on multiple reels and result in a winning combination.
Best Uk Casino List
All three of the players cards are dealt face down.
Slot Bonus Online

महोत्तरीमा सुक्न थाल्यो पानीको मुहान

 २९ फाल्गुन २०७९, सोमबार २१:२०  
rr

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २९ फाल्गुण

महोत्तरीमा यस वर्ष फागुन नसकिँदै खानेपानीका मुहान थालेका छन्। सामान्यतया वैशाख/जेठमा खानेपानीको मुहान सुक्ने गरेकामा यस वर्ष खडेरीले फागुन नसकिँदै मुहान सुक्न थालेका हुन्।

महोत्तरीको उत्तरी भेगमा पर्ने बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा खानेपानीको मुहान सुक्दै गएका छन्। पानीका स्रोत सुक्दै गएपछि यसपाली खानेपानीको हाहाकार हुने भन्दै स्थानीयवासी चिन्तित भएका छन्।

‘धाराबाट पानी झर्नै छाड्यो’, बर्दिबास–२ की गायत्री उपाध्यायले भनिन्, ‘गत वर्ष यो बेला यस्तो भोग्नु परेको थिएन, पानीका लागि अहिले त दिनभर कुरेर बस्नुपर्ने भएको छ।’ बर्दिबास नगरपालिकाका धेरैजसो बस्तीमा नदी, खोल्सी र जरुवाको पानी सङ्कलन गरिएको पानी सर्वसाधारणलाई वितरण गरिँदै आइएको छ।

यस वर्ष हिउँदे वर्षा नहुँदा नदी, खोल्सी र जरुवाका मुहान चाँडै सुक्दा पानीको समस्या भएको स्थानीय बताउँछन्। ‘पानीको स्रोत सुक्दै गएकाले धारामा पानी घटेको हो’, बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष भुलनबहादुर सेनले भने।

संस्थाले बर्दिबास–१, २, ३ र १४ वडाका उपभोक्तालाई खानेपानीको व्यवस्था गर्दै आएको छ।

बर्दिवासका चल्की विजलपुरा, भेडियारीटोल, मेघरोलसहितका बस्तीमा चापाकल तथा पशुपतिनगर, विजलपुरा, प्रेमनगर, किसाननगर र हाथीलेटका बस्तीमा इनार प्रयोग गरिँदै आएकामा केही समययता चापाकल सुक्दै गएका छन् । इनारमा पनि पानीको सतह गहिरिएको स्थानीयले बताए।

भङ्गाहा र गौशालामा इनार र चापाकलको प्रयोग गरिन्छ । पानीका स्रोत सुक्दै गएका भङ्गाहा–४ प्रेमनगरका जवाहर महतोले बताए।

‘अब वर्षा भएमात्र पानी पर्याप्त हुन्छ’, उनले भने। वडा नं ४ र ५ का बस्तीमा बर्सेनि गर्मीयाममा खानेपानीको सङ्कट हुँदै आएको छ । ‘पहिला १५ हात इनार खनेपछि पानीको मूल भेटिन्थ्यो’, स्थानीय ६० वर्षीय हरिदेव साहले भने।

चुरे पहाडी काछका बस्तीमा पनि खानेपानीको समस्या भएको छ। जरुवा पानीका मुहान सुक्दै गएपछि समस्या भएको हो।

बर्दिवास–३, ४, ५, १० र ११ वडा यस क्षेत्रमा पर्छन् ।

‘एक दशकअघिसम्म यहाँका जरुवा कहिल्यै सुक्दैनथे, पछिल्ला केही वर्षयता नदी, पाखा र बगर पर्ती जग्गामा बालुवा, ढुङ्गा झिक्न ठूलाठूला उपकरण प्रयोग हुन थालेपछि मुहान सुक्दै गएका हुन्’, बर्दिवास–१० खयरमाराका ६० वर्षीय प्रेमध्वज लामाले भने।

पानीका मुहान सुक्दै जानुका कारण वन विनाश र अवैध उत्खनन् नियन्त्रण हुन नसक्नु पनि भएको उनको बझाइ छ।

खानेपानीको स्रोत इनारमात्र रहेको बर्दिवास–८ को हाथीलेटको विजय बस्तीमा पनि पानी सुक्दै गएको छ।

गौशाला नगरपालिकाको बेलगाछी, भरतपुर, लक्ष्मीनियाँ र रामनगर तथा भङ्गाहा नगरपालिकाको प्रेमनगर, भूचक्रपुर, धतियाटोल, रामनगरसहितका बस्तीमा इनार र चापाकल सुक्न थालेपछि फागुन नसकिँदै खानेपानीको संकट सिर्जना भएको छ।

बर्दिवास, गौशाला र भङ्गाहा नगरपालिकाका बस्तीमा पाँच वर्षयता इनार सुक्नेक्रम बढ्दै गएको छ । यसअघि लामो खडेरी पर्दा मात्र इनार सुकेका थिए।

गाईबस्तुलाई पानी खुवाउन समस्या भएको स्थानीयको भनाइ छ । पानी अभावले बालीनालीसमेत सुक्न थालेको भङ्गाहा–४ रामनगरका नारायण दाहालले बताए।

चुरे क्षेत्रका खोल्साखोल्सी, वन क्षेत्र, नदी, सिमसार क्षेत्र र पोखरी (तलाउ) पानीका मुख्य स्रोत भएकाले यिनको संरक्षण एवं उपयोग नीति नबनेसम्म पानीको सङ्कट नटुङ्गिने भङ्गाहा–७ का वन, वातावरण र चुरे विज्ञ डा.विजयकुमार सिंहले बताए। रासस